राजेन्द्र महतो आमरण अनशनमा

२०७० जेष्ठ ७ गते, मंगलवार

काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सरकारसँगको वार्ता असफल भएपछि मंगलबारबाट आमरण अनशनमा बसेका छन । महतो मंगलबार दिउँसो २ बजेबाट रत्नपार्क शान्तिबाटिकामा आमरण अनशनमा बसेका हुन।१० बुँदे मागबारे सरकारले सकारात्मक जवाफ दिएपछि मधेसका २२ जिल्लामा ७ दिनदेखि जारी सद्भावनाका नेता कार्यकर्ताकेा अनशन आइतबार स्थगित भएको थियो । तर, तीन दिनसम्मको वार्तामा पनि सरकारले माग पूरा नगरेपछि आफैं अनशनमा बसेको महतोले बताए । ‘हामी वार्ता टेबुलमा बस्दा सरकार तत्काल निर्वाचनको मिति घोषणा गर्ने वा निश्चित अवधि भित्र निर्वाचन को मिति घोषणा गर्ने पक्षमा पनि देखिएन’ महतोले भने ’मंसिरमा निर्वाचन हुनेमा झन ठुलो आशंका उत्पन्न भएको छ । खासगरी चुनावको मिति घोषणा गर्न अनिच्छुक देखिएको वर्तमान सरकार र मुख्य राजनीतिक दल मंसिरमै निर्वाचन गराउने विषयमा उदासिन देखिन्छन् ।’
“करो या मरो” भन्दै आज दिउसो २ बजे बाट शान्तिबाटिका रत्नपार्कमा आमरण अनसन मा बसेका सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष, राजेन्द्र महतोले जारि गरेको प्रेस बिज्ञप्ति को पूर्ण विवरण यस प्रकार छ –
‘सद्भावना पार्टीविगत १९ दिनदेखि मधेश र देश भरिनै आफ्ना संर्घष्को कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । सुनसरी बाट शुरु भएको आमरण अनशन मधेशको २० भन्दा बढी जिल्ला तथा कास्की, तनहु जस्ता जिल्लामा पनि हाम्रा कार्यकर्ता तथा नेतागणहरु आमरण अनशनमा बस्नुभएको कुरा यहाँहरुलाई विदितै छ । संविधानसभा निर्वाचनको मिति घोषणा, निर्वाचन क्षेत्र पर्ुननिर्धारण आयोगको गठन, शान्तिवार्ता मा आएका तर्राईका सशस्त्र समुहहरुलाई चुनावी प्रक्रियाबाट मुलधारमा ल्याउने, मधेशमा भारतीय सटही काउन्टरको व्यवस्था गर्ने लगायतका १० सुत्रिय माग राखी शुरु भएको हाम्रो शान्तिपर्ुण्ा आमरण अनशनको संर्घष्ालाई दर्ुइ दिन अगाडि सरकारले साकारात्मक सम्बोधन गर्ने भनी संकेत गरेको थियो । त्यसपश्चात् ७ दिन देखि आमरण अनशनमा बसेका हुदा शारिरिक रुपले अशक्त हुँदै गएका आमरण अनशनकारी हाम्रा नेता तथा कार्यकर्ताहरुको जिवनरक्षा गर्ने उद्धेश्यका साथ सो आमरण अनशनको कार्यक्रम फिर्ता गर्यौं । तर दुःख को कुरा आज हामी वार्ता टेबुलमा बस्दा सरकार तत्काल निर्वाचनको मिति घोषणा गर्ने वा निश्चित अवधि भित्र निर्वाचन को मिति घोषणा गर्ने पक्षमा पनि देखिएन । मंसिरमा निर्वाचन हुनेमा झन ठुलो आशंका उत्पन्न भएको छ । खासगरी चुनावको मिति घोषणा गर्न अनिच्छुक देखिएको वर्तमान सरकार र मुख्य राजनीतिक दल मंसिरमै निर्वाचन गराउने विषयमा उदासिन देखिन्छन् । यो बाध्यात्मक परिस्थितिमा मंसिरमै संविधानसभाको निर्वाचन गराउन तत्काल चुनावको मिति घोषणा गराउन तथा संविधानसभा बाटै संघियतासहितको संविधान निर्माण विरुद्ध भईरहेको षडयन्त्र विरुद्ध सद्भावना पार्टर्ीीे अध्यक्ष को हैसियतले म स्वयं आजैदेखि आमरण अनशनमा बस्ने घोषणा गर्दछु । र मेरो आमरण अनशन बाट उत्पन्न हुने परिस्थिति को जिम्मेवार वर्तमान सरकार र मुख्य राजनीतिक दल नै हुनेछ ।
संविधान सभा निर्वाचन को मिति तत्काल घोषणा गराउन हाम्रो संर्घष् जारी छ ! ‘

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु