हत्या बिरोधमा पूर्व पश्चिम राजमार्ग बन्द

२०७० जेष्ठ ८ गते, बुधबार


काठमाडौ । – पूर्व सभाषद् सद्रुल मिया हकको हत्या बिरोधमा आज बुधबार पनि सप्तरीमा प्रदर्शन भएको छ ।हत्यारालाई कारबाहीको माग गर्दै पीडित आफन्त, स्थानीयबासिन्दा र विभिन्न मुस्लिम संघ संस्थाले प्रदर्शन गरेका छन् । राजमार्गमा गाडी चलेका छैनन् ।हत्याको विरोधमा सप्तरीका सबै उद्योगधन्दा बन्द छन् । प्रदर्शनकारीले ठाउँ ठाउँमा टायर बालेर बिरोध जनाइरहेका छन् । हत्याको छानवीनका लागि गठन गरिएको छानवीन समिति बुधबार छटनास्थल पुग्दैछ ।कल्याणपुर गाविस २ विशनपुर चोकमा रहेको आफ्नै पेट्रोल पम्पमा सुतेको अवस्थामा मियाको हत्या भएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु