राजनीति

राष्ट्रपति जापान प्रस्थान

काठमाडौ, असार ३ – राष्ट्रपति डा. रामवरण यादव स्वास्थ्य उपचारका लागि जापान प्रस्थान गरेका छन् । राष्ट्रपति यादवको ठूलो आन्द्रामा समस्या देखिएको छ । चिकित्सकहरुले त्यो समस्या क्यान्सर भएको हुन सक्ने आशंक गरेका छन् ।चिकित्सकहरुले थप उपचारका लागि जापान जान सुझाब दिएपछि उनि त्यसतर्फ गएको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले राष्ट्रपतिलाई उपचारका लागि जापान […]

२०७० असार ३ गते, सोमबार

८ डिभिजन सेना बनाउने घोषणा

असार १, काठमाडौं । बहिरगमनमा परेका जनमुक्ति सेनाले आफ्ना मागहरुको सम्बोधन नगरी घोषणा गरिएको संविधानसभाको चुनावलाई हुनै नदिने बताएका छन् । उनीहरुले शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी उक्त घोषणा गरेका हुन । आयोजित पत्रकार सम्मेलनमा बहिरगमित जनमुक्ति सेना नेपालका अध्यक्ष सागर लिम्बुले ‘हामीले सरकारसँग राखेका मागहरुको सम्बोधन नगरी संविधानसभाको निर्वाचनालाई कुनैपनि हालतमा हुनै […]

२०७० असार १ गते, शनिबार

आज ४२ दलले कोणसभा गर्ने

काठमाडौं, असार १ – आफ्ना माग सम्बोधन नगरी चुनावको मिति तोकेको भन्दै आन्दोलन थालेका नेकपा–माओवादी लगायतका ४२ दलले आज दिउसो ५ बजे कोणसभा गर्ने तयारी गरेका छन् ।सरकारले मागलाई बेवास्ता गर्दै चारदलीय सिण्डीकेटको निर्देशनमा चुनावको मिति घोषणा गरेकाले विरोधका कार्यक्रम गर्न थालिएको ने क पा – माओबादीले जानाएको छ ।आन्दोलनरत विभिन्न ४२ दलले राजनीतिक दलहरुकाबीचमा […]

२०७० असार १ गते, शनिबार

संविधानसभाको हत्याराहरुले गर्ने चुनावमा सहभागी हुदैनौं

काठमाडौं । आदिबासी जानजाती अगुवाहरुले चार दलका मुख्या नेता र मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मीले पहिलो संविधानसभाको हत्या गरेको आरोप लगाउदै हत्याराहरुले नाटकको रुपमा गर्ने दोस्रो संविधानसभाको चुनावमा आफूहरु सहभागी नहुने बताएका छन् । जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनले शुक्रबार संवाद डबलीमा आयोजना गरेको ‘वर्तमान राजनीतिक संकट, निर्वाचन र निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै […]

२०७० जेष्ठ ३१ गते, शुक्रबार

राष्ट्रपतिद्वारा सरकारलाई निर्देशन

काठमाडौ,३० जेठ राष्ट्रपति डा रामवरण यादवले सबै कुरा त्यागेर आगामी मंसिरभित्र संविधानसभाको निर्वाचन गराउने काममा मात्र केन्द्रित हुन सरकारलाई निर्देशन दिएका छन् । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई बुधबार साँझ शीतलनिवास बोलाएर राष्ट्रपति यादवले सो निर्देशन दिएका हुन् । मन्त्रिपरिषद् अध्यक्ष रेग्मीसँगको छलफलमा राष्ट्रपति यादवले सरकारको भूमिकालाई लिएर गम्भीर आपत्तिसमेत जनाएका बताएको छ । […]

२०७० जेष्ठ ३० गते, बिहीबार

मुलुकमा कर्मचारीतन्त्र लागू भएको छ :उपेन्द्र

जनकपुर, जेष्ठ २९ – मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भए यता मुलुकमा कर्मचारीतन्त्र लागू भएको बताएका छन् ।फोरम नेपा लको वुधवार लक्ष्मीनियामा आयोजित क्षेत्रीय सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै यादवले भने-‘ रेग्मी नेतृत्वको सरकार गठनसँगै मुलुकमा कर्मचारीतन्त्र लागू भएको छ । दलहरुको औचित्य समाप्त […]

२०७० जेष्ठ २९ गते, बुधबार

त्रिशुली३ ए को क्षमता वृद्धि निर्णय फिर्ता

काठमाडौं, २९ जेठ– सरकारले अन्ततः विवादास्पद त्रिशुली–३ ए को क्षमता वृद्धिको निर्णय फिर्ता लिएको छ । सर्वत्र विरोधपछि दबाब थेग्न नसकेर सरकारले घुँडा टेकेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले निर्णय फिर्ता लिइएको बताए । विद्युत प्राधिकरण सञ्चालक समितिले १७ जेठमा आयोजनाको क्षमता वृद्धि गरी ९० मेघावाट बनाइ चिनिया कम्पनीलाई निर्माण ठेक्का […]

२०७० जेष्ठ २९ गते, बुधबार

आज बालश्रम विरुद्धको विश्व दिवस

काठमाडौ, जेठ २९ – घरेलु बालश्रम अन्त्य गरौं नाराका साथ बाल श्रम विरुद्धको विश्व दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्धेश्यले हरेक वर्ष जुन १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । राष्ट्रिय श्रमशक्ति सर्वेक्षण प्रतिवेदन २००८ अनुसार १६ लाख बालबालिका श्रमिकका रुपमा कार्यरत छन् । ति […]

२०७० जेष्ठ २९ गते, बुधबार

१ सय ६९ न्यायाधीश नियुक्त

काठमाडौं, २७ जेठ– न्याय परिषदले आइतबार मध्यराति १ सय ६९ न्यायाधीश नियुक्त गरेको छ । आइतबार दिउँसोदेखि सुरु भई मध्यराति सकेको न्यायपरिषद बैठकले पुनरावेदन तहमा ८० र जिल्लामा ८९ न्यायाधीशको नियुक्त गरेको हो । जसमध्ये पुनरावेदनमा ४७ न्यायाधीश स्थायी नियुक्ति भएका छन् भने ३३ जना अतिरिक्त पदका लागि नियुक्ति गरिएको छ । स्थायी र अतिरिक्त […]

२०७० जेष्ठ २७ गते, सोमबार

सर्वोच्चको प्रशासनमा तालाबन्दी

काठमाडौ, २६ जेठ । न्यायपरिषद् ऐन संशोधनको विरोध गर्दै सर्वोच्च अदालतका कर्मचारीले आफ्नै प्रशासन शाखामा तालाबन्दी गरेका छन् ।न्यायपरिषद् ऐन संशोधनको विरोध गर्दै कर्मचारीहरुले आजबाट सर्वोच्च अदालतको प्रशासन शाखामा तालाबन्दी गरेका हुन् । न्यायपरिषद् ऐन संशोधन गरेर अधिवक्तालाई परीक्षा दिएर न्यायाधीश बनाउने व्यवस्थाविरुद्ध कर्मचारी आन्दोलित भएका हुन् ।कर्मचारीहरु अधिवक्तालाई परीक्षा दिएर न्यायाधीश बनाउन नहुने पक्षमा […]

२०७० जेष्ठ २६ गते, आईतवार