राष्ट्रपति जापान प्रस्थान

२०७० असार ३ गते, सोमबार

काठमाडौ, असार ३ – राष्ट्रपति डा. रामवरण यादव स्वास्थ्य उपचारका लागि जापान प्रस्थान गरेका छन् । राष्ट्रपति यादवको ठूलो आन्द्रामा समस्या देखिएको छ । चिकित्सकहरुले त्यो समस्या क्यान्सर भएको हुन सक्ने आशंक गरेका छन् ।चिकित्सकहरुले थप उपचारका लागि जापान जान सुझाब दिएपछि उनि त्यसतर्फ गएको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले राष्ट्रपतिलाई उपचारका लागि जापान पठाउने र सबै खर्च बेहोर्ने निर्णय आइतवार नै गरि सकेको छ ।
राष्ट्रपतिसँगै परिवारका सदस्य, निजी चिकित्सक, कानुनी सल्लाहकार सूर्य ढुङ्गेल, परराष्ट्र मन्त्रालयका अधिकारीसहित ९ जना सहभागी रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रियाहरु