सर्वोच्चको प्रशासनमा तालाबन्दी

२०७० जेष्ठ २६ गते, आईतवार

काठमाडौ, २६ जेठ । न्यायपरिषद् ऐन संशोधनको विरोध गर्दै सर्वोच्च अदालतका कर्मचारीले आफ्नै प्रशासन शाखामा तालाबन्दी गरेका छन् ।न्यायपरिषद् ऐन संशोधनको विरोध गर्दै कर्मचारीहरुले आजबाट सर्वोच्च अदालतको प्रशासन शाखामा तालाबन्दी गरेका हुन् । न्यायपरिषद् ऐन संशोधन गरेर अधिवक्तालाई परीक्षा दिएर न्यायाधीश बनाउने व्यवस्थाविरुद्ध कर्मचारी आन्दोलित भएका हुन् ।कर्मचारीहरु अधिवक्तालाई परीक्षा दिएर न्यायाधीश बनाउन नहुने पक्षमा रहेका छन् । तालाबन्दीका कारण सर्वोच्च अदालतको दैनिक प्रशासनिक कार्य प्रभावित भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु