८ डिभिजन सेना बनाउने घोषणा

२०७० असार १ गते, शनिबार

असार १, काठमाडौं । बहिरगमनमा परेका जनमुक्ति सेनाले आफ्ना मागहरुको सम्बोधन नगरी घोषणा गरिएको संविधानसभाको चुनावलाई हुनै नदिने बताएका छन् । उनीहरुले शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी उक्त घोषणा गरेका हुन । आयोजित पत्रकार सम्मेलनमा बहिरगमित जनमुक्ति सेना नेपालका अध्यक्ष सागर लिम्बुले ‘हामीले सरकारसँग राखेका मागहरुको सम्बोधन नगरी संविधानसभाको निर्वाचनालाई कुनैपनि हालतमा हुनै दिदैनौं’ भने ।
पत्रकारसम्मेलनमा सागरले एक दुई हजार जनमुक्ति सेनालाई आत्मसमपर्ण गराउदै शान्ति प्रक्रिया नटुंगिएको बताए । आफूहरुले दिगो शान्तिको लागि नै जनयुद्ध लडेको बताउदै सागरले जनमुक्ति सेनाको अधिकारमाथि धावा बोल्दैमा शान्ति नहुने बताए । आफ्ना मागहरुको सम्बोधन नगरी राजनीतिक पार्टी र सरकारले युद्धको घोषणा गरेको आरोप लगाउदै सागरले आफूहरु त्यो युद्धको सामना गर्न तयार रहेको चेतावनी दिए ।
आफ्ना मागबारे राजनीतिक पार्टी र सरकारसँग पटक पटक भएका सहमतिलाई कार्यन्वयन नगरेर विश्वासघात गरेकोले आफूहरु अब ८ डिभिजन सेना निर्माणमा लाग्ने अध्यक्ष लिम्बुले बताए । सरकार यसरी नै अगाडी बढे आफूहरु पनि आन्दोलनका कार्यक्रमको स्वरुप बदल्ने लिम्बुले बताए ।कार्यक्रममा बोल्दै महासचिव कृष्णप्रसाद दंगालले भने , ‘६–७ हजारलाई समायोजनमा नाममा आत्मसमपर्ण गरउदैमा, केही लाखमा केहीलाई बिक्रि गर्दैमा, ८–१० हजार हतियार बुझाउदैमा शान्ति प्रक्रिया टुंगिदैन ।’ उनले साउनमा बुटवलमा सम्पन्न हुन लागेको सम्मेलनले संविधानसभाको चुनाव विथोल्ने कार्यक्रम ल्याउन जानकारी पनि दिए ।

प्रतिक्रियाहरु