राजनीति

जलेश्वरमा दुई वटा प्रहरी बिटमाथि आगजनी

काठमाडौं, ८ भदौ । महोत्तरीको सदरमुकाम जलेश्वरमा आज विहानै दुई वटा प्रहरी बिटमा आगजनी भएको छ । प्रादेशिक सीमाङ्कनको विरोधमा विगत ११ दिनदेखि आन्दोलन जारी राखेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान ५ बजेतिर महोत्तरीको सदरमुकाम जलेश्वरमा दुई वटा प्रहरी बिट जलाएका हुन् । सयौको सङ्ख्यामा आएका मोर्चाका कार्यकर्ताले जलेश्वरको मटिहानी चोक र बखरी […]

२०७२ भाद्र ८ गते, मंगलवार

कैलालीमा सेना परिचालन

काठमाडौ, ८ भदौ । कैलालीको टीकापुरमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना खटिएको छ । हिजो रातिदेखि नै कैलालीमा तेघरी र लम्की ब्यारेकबाट सेना खटाइएको सैनिक प्रवक्ता जगदिशचन्द्र पोखरेलले जानकारी दिए । प्रवक्ता पोखरेलका अनुसार कर्फ्यु लागेका रौतहट र नेपालगन्जमा पनि स्थानीय प्रशासनको समन्वयमा अरु सुरक्षा अङ्गका साथ गस्तिका लागि नेपाली सेना सहभागी छ । […]

२०७२ भाद्र ८ गते, मंगलवार

सरकारद्वारा सेना परिचालन

काठमाडौं, ७ भदौ । सरकारले प्रदर्शन भइरहेका क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने भएको छ । सरकारले सुरक्षा स्थिति विग्रदै गएको निश्कर्ष निकाल्दै कैलालीलगायतका केही जिल्लामा सेना परिचालन गर्ने निर्णय गरेको हो । कैलालीमा भएको हिंसात्मक घटनापछि गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको सोमबार अपरान्ह बसेको बैठकले सेना परिचालनको निर्णय गरेको हो । सेना […]

२०७२ भाद्र ७ गते, सोमबार

वार्तामा बसौ : प्रधानमन्त्री

काठमाडौं, ७ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत राजनीतिक दल तथा विभिन्न पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् । प्रधानमन्त्री कोइरालाले आइतबार राति देशवासीका नाममा सन्देश जारी गर्दै शान्तिपूर्ण तवरबाटै आफ्ना मागहरुको समाधान गर्नेतर्फ लाग्न आग्रह गरेका हुन् । उनले मुलुकको भूराजनीतिक संवेदनशीलता र धरातलीय यथार्थतालाई मनन् गर्दै सबैलाई संयमित र एकताबद्ध हुन अपील गरेका […]

२०७२ भाद्र ७ गते, सोमबार

माओवादीका जिल्ला नेता गिरफ्तार

काठमाडौं, ६ भदौ । नेकपा माअाेवादी उदयपुर जिल्ला कमिटीका सचिवालय सदस्य अमृत खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष शंकर बस्नेतलाई ज्यान मार्ने उद्योग गरेको आरोपमा खत्रीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक टेकबहादुर गुरुङ्ले बताए । तर , नेकपा माओवादीले उक्त आरोपको खण्डन गर्दै खानेपानी उपभोक्ता समितिको अध्यक्ष […]

२०७२ भाद्र ६ गते, आईतवार

सदभावनाद्वारा संविधानसभा परित्याग

काठमाडौ, ६ भदौ। सद्भावना पार्टीका सभासदहरुले संविधानसभा त्यागेका छन् । संविधानमा प्रदेश विभाजन गर्दा आफ्ना माग नसमेटिएको भन्दै उनीहरुले आफ्नो त्यागपत्र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसमक्ष बुझाएका हुन् । राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीका पाँच सभासदले संविधानसभाबाट त्याग पत्र दिएका हुन् । यसैबीच, बाकेमा संयुक्त थरुहट मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रधानमन्त्री सुशील कोईरालाको पुत्ला दहन गरेका […]

२०७२ भाद्र ६ गते, आईतवार

संविधानसभाको बैठक बस्दै

काठमाडौं,६ भदौ । संविधानसभाको बैठक आज साँझ बस्ने भएको छ । बैठकमा मस्यौदा समितिले तयार पारेको संविधानको परिमार्जित विधेयक प्रस्तुत गरिने बताइएको छ । तिन राजनीतिक दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार मस्यौदा समितिले ७ प्रदेशसहितको संघीयताको खाकासहितको संविधानको विधेयक तयार पारी संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाइसकेको छ । आज बस्ने संविधानसभाको बैठकमा संविधानको विधेयक प्रस्तुत् […]

२०७२ भाद्र ६ गते, आईतवार

संविधानसभाको औचित्य सकियो : वैद्य

काठमाडौ,५ भदौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दल र सरोकारवाला सम्बन्धित सबै पक्षसित अविलम्ब संवाद गरी नयाँ राजनीतिक निकास निकाल्नका अपिल गरेका छन् । वैद्यले शनिवार विहान प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा गरेका हुन् । संविधानको मस्यौदा तथा सीमांकनविरुद्धमा भएको आन्दोलले संविधानसभा-२ को औचित्य समाप्त भएको अध्यक्ष वैद्यको दाबी […]

२०७२ भाद्र ५ गते, शनिबार

‘टाउको ल्याउ झोलाभरि पैसा लैजाउ भन्नेलाई के भन्ने ’

काठ्माडौं । संघीय समाजवादी फोरमका नेपालका अध्यक्ष उपेन्द्र यादवले गृहमन्त्रीले लगाएको आरोपको खण्डन गरेका छन् । शुक्रबार संसद्मा बोल्दै गृहमन्त्री गौतमले संयुक्त मधेसी मोर्चाले आन्दोलन ज्यान गुमाउनेलाई ५० लाख दिने निर्णय आतंकवादी संगठनको जस्तो भएको आरोप लगाएका थिए । शुक्रबार गृहमन्त्री गौतमले संसद्मा बोले लगत्तै यादवले गौतमलाई झापा विद्रोह सम्झन आग्रहसमेत गरे । ‘झापा विद्रोहमा […]

२०७२ भाद्र ५ गते, शनिबार

आन्दोलनलाई संयमित बनाउन ४ बुँदे सहमति

काठमाडौं, ४ भदौ । संयुक्त लोकतान्त्रिक मोर्चा र स्थानीय प्रशासनबीच ४ बुँदे सहमति भएको छ । कपिलवस्तुमा जारी रहेको आन्दोलनलाई संयमित बनाउन सो सहमति भएको हो । प्रशासन कार्यालयद्धारा आयोजित शान्ति सुरक्षा र आन्दोलनका बिषयमा राखिएको छलफल कार्यक्रममा सो सहमति भएको हो । राजनीतक दलका प्रमुखहरुको पुर्ण नियन्त्रणमा जिम्मेवारीपुर्वक स्थानीय प्रशासनसंग समन्वय गरी शान्तिपूर्वक आन्दोलन […]

२०७२ भाद्र ४ गते, शुक्रबार