माओवादीका जिल्ला नेता गिरफ्तार

२०७२ भाद्र ६ गते, आईतवार

काठमाडौं, ६ भदौ । नेकपा माअाेवादी उदयपुर जिल्ला कमिटीका सचिवालय सदस्य अमृत खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष शंकर बस्नेतलाई ज्यान मार्ने उद्योग गरेको आरोपमा खत्रीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक टेकबहादुर गुरुङ्ले बताए । तर , नेकपा माओवादीले उक्त आरोपको खण्डन गर्दै खानेपानी उपभोक्ता समितिको अध्यक्ष भएर बस्नेतले आर्थीक अनियमिता गरेको कारण पार्टीको योजनामा कालोमोसो दलेर सामाजिक बहिस्कार मात्र गरिएको जनाएको छ । पक्राउ परेका खत्रीलाई अदालतबाट म्याद लिई आवश्यक कारबाही अगाडि बढाइने प्रहरी निरीक्षक डिल्ली चौहानले वताए । खत्रीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु