जलेश्वरमा दुई वटा प्रहरी बिटमाथि आगजनी

२०७२ भाद्र ८ गते, मंगलवार

काठमाडौं, ८ भदौ । महोत्तरीको सदरमुकाम जलेश्वरमा आज विहानै दुई वटा प्रहरी बिटमा आगजनी भएको छ । प्रादेशिक सीमाङ्कनको विरोधमा विगत ११ दिनदेखि आन्दोलन जारी राखेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान ५ बजेतिर महोत्तरीको सदरमुकाम जलेश्वरमा दुई वटा प्रहरी बिट जलाएका हुन् । सयौको सङ्ख्यामा आएका मोर्चाका कार्यकर्ताले जलेश्वरको मटिहानी चोक र बखरी चोकमा रहेको प्रहरीका बिटमाथि आगजनी गरेका हुन । आगजनीबाट दुवै बिट पूर्णरुपमा जलेर नष्ट भएका छन । प्रहरी बिटमा गरिएको आगजनीपछि जलेश्वरका अन्य चोकमा अहिले बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु