राजनीति

क्षमताका आधारमा राजदूत नियुक्ति हुन्छ : पाण्डे

काठमाडौं, १५ साउन । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राजदूत नियुक्ति व्यक्तिको क्षमताको आधारमा गरिने बताएका छन् ।व्यवस्थापिका संसदको अन्तर्राष्ट्रि सम्बन्ध तथा श्रम समितिको शुक्रबार बसेको बैठकमा मन्त्री पाण्डेले राजनीतिक नियुक्तिको आधारमा हुने राजदूत नियुक्तिले कुटनीतिकसम्बन्ध बिग्रँदै गएको भन्दै व्यक्तिको क्षमता हेरेर मात्र नियुक्ति गरिने बताएका हुन् ।उनले विदेशमा रहेका नेपालीको हक, हित र त्यहाँको कुटनीतिक सम्बन्ध […]

२०७२ श्रावण १५ गते, शुक्रबार

संविधान जारी गरे सशक्त आन्दोलन थाल्छौं : वैद्य

काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले ‘आफूहरुलाई संविधानसभा बाहिर राखेर जबर्जस्ती संविधान जारी गरिए सशक्त आन्दोलन थाल्ने’ चेतावनी दिएका छन् । साहित्यकार सुरेन्द्र महर्जनको बारेमा तयार पारिएको ‘कौशिकी’ नामक कृतिको विहीबार राजधानीमा लोकार्पण गर्दै अध्यक्ष वैद्यले ‘विगतमा संविधानसभाका लागि भनेर १० वर्ष सशस्त्र युद्ध लडेको पार्टीलाई बाहिर राखेर ल्याइने संविधान कुनै पनि हालतमा स्वीकार्न नसकिने’ […]

२०७२ श्रावण १५ गते, शुक्रबार

सर्वदलीय बैठक बस्दै

काठमाडौ, १४ साउन । संविधानमा सबैका सुझाव समेट्ने प्रयासमा रहेका दलहरुले आज सर्वदलीय बैठक बोलाएका छन् । संविधानमा रहेका सबै दलसँग छलफल गरेपछि मस्यौदा संशोधनलाई अन्तिम रुप दिने दलहरुले तयारी गरेका छन् । साउन २२ गतेसम्म संविधानका विषयको छलफल सक्ने गरी दलहरुले छलफल गरिरहेका छन् । आज साँझसम्म प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुनेछ । प्रमुख […]

२०७२ श्रावण १४ गते, बिहीबार

संविधानसभाको बैठक बस्दै

  काठमाडौ १३ साउन । संविधान सभाको बैठक आज बिहान ११ बजेपछि बस्ने भएको छ । बैठकमा नागरिक सम्बन्ध तथा सुझाव समितिले हिजो पेश गरेको प्रतिवेदन माथि सैद्धान्तिक छलफल हुनेछ । प्रारम्भिक मस्यौदामा जनताबाट प्राप्त सुझाव समेटिएको प्रतिवेदन माथि आज छलफल गरी आजै सम्वाद समितिमा बुझाउने तयारी भएको संविधान सभा सचिवालयले जनाएको छ । १ […]

२०७२ श्रावण १३ गते, बुधबार

संविधानसभा बेलुका पाँच बजे बस्ने

काठमाडौं, १२ साउन । संविधानसभाको बेलुका पाँच बजे बस्ने बैठकमा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले बुझाएको नेपालको संविधान २०७२ प्रारम्भिक मस्यौदामा नागरिकबाट प्राप्त राय सुझाव सहितको एकीकृत प्रतिवेदन संविधानसभा बैठकमा पेश हुनेछ ।समितिले केही दिनको लगातारको मेहनतपछि सोमबार बेलुका सिंहदरबारस्थित संसद सचिवालयमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई प्रतिवेदन बुझाएसँगै संविधानसभालाई नयाँ संविधान निर्माणको थप आधार […]

२०७२ श्रावण १२ गते, मंगलवार

एमाले नेता नेपाल अस्पताल भर्ना

काठमाडौँ ११ साउन । नेकपा एमालेका नेता माधवकुमार नेपाल वीर अस्पताल भर्ना भएका छन् । संसद बैठकका क्रममा ब्लड प्रेसर बढेपछि उनीलाई वीर अस्पताल लगिएको हो । उनलाई आईसीयूमा राखेर उपचार गरिनेछ ।

२०७२ श्रावण ११ गते, सोमबार

भारतिय सुरक्षकर्मीको कुटपिटमा मृत्यु भएका शाहीको दाहसस्कार

काठमाडौं, ११ साउन । बर्दिया जिल्लाको जमुनि फुटाह नाकाहुदै नेपाल भारत सिमावर्ती क्षेत्र बहराइच जिल्लाअन्र्तगत भृगियका भारतिय सिमा सुरक्षा बल(एस.एस.वि.)को साउन ५ गतेको कुटपिटको घटनाबाट मृत्यु भएको भनि आशंका गरिएका खड्गबहादुरशाहीका परिवार न्यायका लागी भौतारि रहेका छन् । न्यायको प्रक्रिया बारेमा केही थाहा नहुँदा उनीहरु अलमल्लमा परेका हुन् । मृतकका काका मनबहादुर शाहीले न्यायको लागि […]

२०७२ श्रावण ११ गते, सोमबार

संविधानसभा खारेज हुने डर : महरा

काठमाडौ १० साउन । एकिकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले संविधान जारी हुन ढिलो भए संविधानसभा खारेज हुन सक्ने भएकाले जतिसक्दो छिटो संविधान जारी गर्नुपर्ने बताएका छन । राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालले राजधानीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता गरेका हुन् । ‘नयाँ संविधान, २०७२ मा धर्मनिरपेक्षता र पूर्ण धार्मिक स्वतन्त्रता’ विषयक […]

२०७२ श्रावण १० गते, आईतवार

भारतिय सेना कालापानी छोड : युवासंघ

काठ्माडौ, १० साउन । नेकपा(एमाले)को भातृसंगठन युवासंघ नेपालले आइतबार राजधानीको शान्तिवाटीकामा कोणसाभा गरी लिपुलेक सम्झौता तत्काल खारेज नगरे राष्ट्रियताको लडाई अझै कठोर हुने चेतावनी दिएका छन् । कार्यक्रममा युवासंगकी वरिष्ठ उपाध्यक्ष दिलु पन्तले कोणषभामा बोल्दै भनिन् ‘लिपुलेक मात्रै हैन अब कालापानीबाट भारतिय सेनालाई पनि पछि हटाउने आन्दोलनको जरुरी भएको छ ।’नेपाली जनतालाई लिपुलेक प्रकरणले निकै […]

२०७२ श्रावण १० गते, आईतवार

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, १० साउन । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा दिउँसो बस्ने बैठकमा संविधान लेखन, पार्टीमा विभाग गठन, नियमावली पारित गर्ने लगायतका एजेण्डामा निर्णय हुने बताइएको छ । संविधान निर्माणका लागि नेपाली कांग्रेससँग सहयात्रा गर्ने क्रममा संविधानको शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा छाडेको एमालेमा मस्यौदामाथि जनताको सुझावपछि […]

२०७२ श्रावण १० गते, आईतवार