सदभावनाद्वारा संविधानसभा परित्याग

२०७२ भाद्र ६ गते, आईतवार

काठमाडौ, ६ भदौ। सद्भावना पार्टीका सभासदहरुले संविधानसभा त्यागेका छन् । संविधानमा प्रदेश विभाजन गर्दा आफ्ना माग नसमेटिएको भन्दै उनीहरुले आफ्नो त्यागपत्र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसमक्ष बुझाएका हुन् । राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीका पाँच सभासदले संविधानसभाबाट त्याग पत्र दिएका हुन् ।
यसैबीच, बाकेमा संयुक्त थरुहट मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रधानमन्त्री सुशील कोईरालाको पुत्ला दहन गरेका छन । नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउन माग राख्दै उनीहरुले जमुनाह नाका समेत ठप्प पार्दै आएका छन । सरकारले आफुहरुको माग सम्बोधन नगरेको भन्दै आन्दोलनकारीले जमुनाह, विपीचोक, त्रिभुवन चोक, त्रिवेणी मोड लगायतका ठाउँमा प्रधानमन्त्रीको पुत्ला सहितको जुलुस निकालेर जमुनाह र त्रिभुवन चोकमा जलाएको हाम्रा सहकर्मीले जनाएका छन । बिगत १२ दिनदेखीको बन्दले नेपालगन्ज, कोहलपुर, खजुरा लगायतको क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।

प्रतिक्रियाहरु