आन्दोलनलाई संयमित बनाउन ४ बुँदे सहमति

२०७२ भाद्र ४ गते, शुक्रबार

काठमाडौं, ४ भदौ । संयुक्त लोकतान्त्रिक मोर्चा र स्थानीय प्रशासनबीच ४ बुँदे सहमति भएको छ । कपिलवस्तुमा जारी रहेको आन्दोलनलाई संयमित बनाउन सो सहमति भएको हो । प्रशासन कार्यालयद्धारा आयोजित शान्ति सुरक्षा र आन्दोलनका बिषयमा राखिएको छलफल कार्यक्रममा सो सहमति भएको हो । राजनीतक दलका प्रमुखहरुको पुर्ण नियन्त्रणमा जिम्मेवारीपुर्वक स्थानीय प्रशासनसंग समन्वय गरी शान्तिपूर्वक आन्दोलन गर्ने, साम्प्रदायिक सदभाव कायम राख्ने सहमति भएका हुन् ।
यस्तै सुरक्षाकर्मीले समेत कमीकमजोरी महशुस गरी संयमतासहित कुटपीट नगर्ने, पत्रकार र संचारकर्मीको कामकाज निर्बाध रुपमा संचालन गर्न दिने र बुधवार पक्राउ परेका मोर्चाका कार्यकर्ताहरुलाई दलको नेताको जिम्मा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खांले बताए ।कार्यक्रममा प्रस्तावित ६ प्रदेशको खाकाविरुद्ध आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन हिंसात्मक हुँदै गएको भन्दै मोर्चाले आन्दोलनलाई संयमित बनाउने प्रतिबद्धता जनाएको थियो ।

प्रतिक्रियाहरु