प्रधानमन्त्री ओलीलाई हटाउन प्रचण्ड प्रपन्च सुरु

२०७३ जेष्ठ २१ गते, शुक्रबार

काठमाडौं,२१ जेठ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर हटाउने प्रपन्च रच्न लागेको बुझिएको छ । एमाले र माओवादीबीच सरकारको नेतृत्व आलोपालो गर्ने भनि भएको भद्र सहमति प्रधानमन्त्री ओलीले तोडेर अहिले झुटको खेति गर्दै हिंडेको माओवादी केन्द्रको बुझाई रहेको स्रोतले बताएको छ । एमाले र एमाओवादीबीच बजेट पारित हुनासाथ ओलीले राजीनामा दिने र त्यसपछि राष्ट्रिय सहमतिका लागि पहल गर्ने भद्र सहमति भएको चर्चा चल्दै आएको छ । तर अब प्रधानमन्त्री ओलीले बजेट पारित भएपछि राजीनामा दिएनन् भने अविश्वासको प्रस्ताव ल्याएर भए पनि उनलाई हटाइने स्रोतको ठोकुवा छ ।

प्रतिक्रियाहरु