दाहाल पुगे ओलीको दैलोमा

२०७३ जेष्ठ २३ गते, आईतवार

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार बिहान बालुवाटारमा भेटवार्ता भएको छ । करिब आधा घन्टा चलेको उक्त भेटवार्तामा दुईजना मात्र रहेको बताइएको छ । सो भेटघाटमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बजेट पछि माओवादीलाई सरकार चलाउन दिने भद्र सहमति गरेको बारे चर्चा भएको हुन सक्ने आंकलन गरिएको छ । माओवादी पक्षले बजेटपछि सरकार छोड्ने भद्र सहमति भएको दाबि गर्दै आइरहेको छ भने एमालेले त्यसलाई नकार्दै आइरहेको छ ।

प्रतिक्रियाहरु