माओबादी तनहु सेक्रेटरी थापा गिरफ्तार

२०७३ जेष्ठ २१ गते, शुक्रबार

काठमाडौँ, २१ जेठ । नेकपा माओबादी तनहुका जिल्ला सेक्रेटरी निरु थापालाई प्रहरीले पोखराको लेकसाईडबाट नियन्त्रणमा लिएको छ । पार्टी कामको सिलसिलामा पोखरा आएका थापालाई बिना कारण प्रहरीले गिरफ्तार गरेको भन्दै नेकपा माओबादी केन्द्रिय सदस्य तथा गण्डकि ब्युरो ईन्चार्ज आस्थाले कडा आपति जनाएकि छन । ब्युरो ईन्चार्ज आस्थाले आम जनतामा राजनितिक चेतना र भेटघाटका शिलशिलामा हिडेका पार्टी कार्यक्रर्ता लाई बिना कारण नियन्त्रण लिएर गम्भिर मानब अधिकार उल्लघँन गरेको बताईन । ब्युरो ईन्चार्ज आस्थाले पक्राउ परेका थापालाई निसर्त रिहा नगरे शशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने बताएकि छिन ।

प्रतिक्रियाहरु