‘शसस्त्र लडॉई र जनविद्रोह संगसंगै हुनुपर्छ ‘

२०७३ जेष्ठ २२ गते, शनिबार

काठमाडौं, २१ जेठ । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले २०६२/०६३ पछिका कुनैपनि सम्झौता पालना नभएकाले देशलाई अर्को नयाँ आन्दोलनको आवश्यकता भएको बताएका छन । चौतारीले दाङ्ग्को घोराहीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलन पश्चातका सम्झौता अनुरुप देश रुपान्तरणमा नगएकोले अब हुने नया आन्दोलनलाई कसैले रोक्न नसक्ने बताएका छन । सबैले गरेका सहमतीहरु पालना नभएको भन्दै विप्लवले राज्य रुपान्तरणको मामिला सभ्याताको लडाइ भएकाले यतिबेला देशमा भएको भ्रष्टाचार, अनियमितता, दलालीकरणले देशलाई कुनैपनि हालतमा उभो नलाउने ठोकुवा गरे ।
विप्लवले आफुहरुले नयाँ संश्लेषणका साथ एकिकृत क्रान्तिको कार्यदिशा पास गरेको बताउदै जनविद्रोह तथा शसस्त्र लडाई कुनै एकले मात्रै क्रान्ति सहि निष्कर्षमा नपुग्ने बताए । एकिकृत क्रान्तिलाई प्रष्ट्याउदै विप्लवले नयाँ समाजको विकास भएर गाउँ र शहरको खाडल हराउदै गएको, नयाँ वर्गको विकास भएको, विज्ञान र प्रविधि सहितको रुपान्तण आवश्यक भएको, सामाजिक रुपान्तरणका लागि गरिव र धनिलाई समेट्नुपर्ने भन्दै देशभक्त, लोकतन्त्रवादी र कम्यूनिष्टहरु एक भएर लाग्नु पर्ने पनि बताए । माक्सको विश्लेषण तथा अनुसन्धान कम्यूनिष्टको मात्रै हैन त्यो सबैका लागि मान्य हुने भएकाले त्यसको सबैले पालना गर्नुपर्ने बताउदै उनले वैज्ञानिक समाजवाद भित्र सबैलाई समेटेर लिनुपर्ने बताए । देश यतिबेला विदेशी रेमिट्यान्सले मात्रै धानेको बताउदै देशलाई आत्मनिर्भर बनाउनेगरी सोच्नेबेला आएको र त्यो वर्तमान सत्ताले पुरा नगर्ने महासचिव विप्लवले ठोकुवा गरे ।

प्रतिक्रियाहरु