बिश्व

मलेसियामा शक्तिशाली भूकम्प

काठमाडौं, २२जेठ । मलेसियामा शुक्रबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।मलेसियाको सबाह राज्यको बोर्नियो समुद्री तट नजिकैको माउन्ट किनाबालुलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको द मलाया अनलाइनले जनाएको छ ।भूकम्पले मलेसियाका सडक र भौतिक संरचनामा क्षति पुगेको छ । भूकम्पले सडकहरु चिराचिरा परेका छन् । तर, भूकम्पबाट भएको मानवीय क्षतिबारे […]

२०७२ जेष्ठ २२ गते, शुक्रबार

पेट्रोल पम्प आगलागीवाट ज्यान गुमाउनेको संख्या १५० नाघ्यो

काठमाडौं, २२जेठ । घानाको राजधानी आक्रामा रहेको पेट्रोल पम्पमा आगो लाग्दा ज्यान गुमाउनेको संख्या १५० पुगेको छ । आगो नजिकैको आवासीय स्थलबाट फैलिएको अनुमान गरिएको छ । अहिले त्यहाँका धेरैजना घरबारबिहीन भएका छन् । घटनापछि राष्ट्रपति जोन दरमानी महामाले ३ दिनको राष्ट्रिय शोक घोषणा गर्नुभएको छ । राष्ट्रपतिले यो निकै ठूलो दुर्घटना भएको र यति […]

२०७२ जेष्ठ २२ गते, शुक्रबार

‘ भारतलाई तह लाउन हतियार जुटाउँदै छौं’

काठमाडौं, २१ जेठ । पाकिस्तानले भारतबाट हुन सक्ने कुनै पनि आणविक आक्रमणको सामना गर्न आफूले हतियार जुटाइरहेको जानकारी अमेरिकालाई दिएको छ । आफ्नो आणविक कार्यक्रम पनि भारतको आक्रमणबाट देशलाई बचाउनका लागि भएको पाकिस्तानले बताएको छ । पाकिस्तानी चर्चित पत्रिका डनका अनुसार अमेरिकाको वासिङटनमा भएको अमेरिका र पाकिस्तानबीचको सेक्युरिटी, स्ट्रेटेजिक एबिलिटी एण्ड नन प्रोलिफिरेशन वर्किङ ग्रुपको […]

२०७२ जेष्ठ २१ गते, बिहीबार

अस्ट्रियाद्वारा शरणार्थी आवेदन खुल्ला

काठमाडौं, २१ जेठ । अस्ट्रियाले शरणार्थी आवेदन खुल्ला गरेको छ । यस वर्ष अस्ट्रियामा शरणको लागि करिब ७० हजार शरणार्थीले आवेदन गर्ने अनुमान गरिएको अस्ट्रियाली गृहमन्त्रालयले जानकारी दिएको छ । यसअघि सन् २०१५ मा ५० हजार शरणार्थीले मात्र आवेदन गर्ने अनुमान गरिएको थियो । हाल गरिएको यो अनुमान नयाँ भएको बताइएको छ । यसमा नेपाली […]

२०७२ जेष्ठ २१ गते, बिहीबार

फिफा अध्यक्ष ब्लाटर राजिनामा दिदै

काठमाडौं,२० जेठ । विश्व फुटबल महासंघ फिफा अध्यक्ष सेप ब्लाटरले पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।ब्लाटरले फिफा पदाधिकारीहरुमाथि अमेरिकी तथा स्विस निकायमा भइरहेको छानविनमा सहयोग गर्न आफ्नो बहीर्गमनको घोषणा गरेका हुन् ।रिक्त हुने फिफा अध्यक्ष पदको नयाँ निर्वाचनको लागि अर्को वर्ष मे १३ तारिखमा मेक्सीको सिटीमा विशेष साधारणसभा बोलाइएको छ ।उक्त साधारणसभाले फिफाको नयाँ […]

२०७२ जेष्ठ २० गते, बुधबार

याङ्सी नदीमा पानीजहाज दुर्घटना

काठमाडौं, १९ जेठ । चीनको याङ्सी नदीमा ४ सय ५० भन्दा बढी यात्रु बोकेको पानी जहाज दुर्घटना भएको छ । चीनको पूर्वी शहर नान्जिङबाट दक्षिण पश्चिम शहर चोंगशिंग गइरहेको पानीजहाज हबेइ प्रान्तस्थित याङ्सी नदीमा डुबेको चिनीया अधिकारीहरुले जनाएका छन् । हाल सम्म आठ जनालाई जिउँदै उद्धार गरिएको र बाँकीको उद्धार कार्य जारी रहेको जनाईएको छ […]

२०७२ जेष्ठ १९ गते, मंगलवार

अमेरिकी प्रहरीद्वारा दैनिक दुईजनाको हत्या

काठमाडौं, १८ जेठ । अमेरिकामा प्रहरीको हातबाट दैनिक दुईभन्दा बढी ब्यक्ति मारिइरहेको तथ्यांक सार्वजनिक भएको छ । वाशिंगटन पोष्टले सार्वजनिक गरेको तथ्यांकअनुसार वर्षको शुरुवाती पाँच महिनामै ३८५ जना प्रहरीको हातबाट मारिएका हुन् । मारिनेमा काला र निहत्था नागरिकको संख्या गोरोको तुलनामा तीन गुना बढिरहेको पनि बताइएको छ ।केन्द्र सरकारलाई नै सूचना दिने कानून प्रवर्तन एजेन्सीले […]

२०७२ जेष्ठ १८ गते, सोमबार

मेयरको रिहाइको माग गर्दै प्रदर्शन

काठमाडौं, १७ जेठ । गत बर्ष पक्राउ परेका मेयरको रिहाइको माग गर्दै भेनेजुएलामा ब्यापक प्रदर्शन भएको छ । राजधानी कराकसमा भेला भएका हजारौं नागरिकले दुई पूर्व मेयरहरु लिउपोल्डो र डानियल सेबेलोसको रिहाइको माग गरेका छन् । प्रदर्शनका कारण राजधानी कराकस लगायतका शहरहरुको जनजीवन अस्तब्यस्त बनेको छ । प्रदर्शनलाइ ध्यानमा राखी सुरक्षा ब्यवस्था कडा तुल्याइएको छ […]

२०७२ जेष्ठ १७ गते, आईतवार

युरोपियन मुलुकका ८९ जना नेताहरुलाई रुसमा प्रवेश निषेध

काठमाडौं, १७ जेठ । रुसले ८९ जना युरोपियन कुटनीतिज्ञ, नेता एवं सैनिक अधिकृतहरुलाई आफ्नो देशमा प्रवेश निषेध गरेपछि युरोपेली युनियन ईयुले कडा आपत्ति जनाएको छ । क्रमेलीनको खुला आलोचना गर्दै आएका युरोपेली नेता एवं रुसबाट फिर्ता भएका केही कुटनीतिज्ञहरुलाई रुसले आफ्नो देशमा प्रवेश नगराउने निर्णय गरेको हो । रुसले ८९ जनाको सुचीबारे जानकारी गराएपछि ईयुले […]

२०७२ जेष्ठ १७ गते, आईतवार

गुडिरहेको बसमा आक्रमण, १९ जनाको मृत्यु

काठमाडौं, १६ जेठ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा अज्ञात बन्दुधकारी समूहले दुईवटा गुडिरहेको बसमा आक्रमण गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।प्रान्तीय राजधानी क्वेताबाट कराँचीका लागि शुक्रवार वेलुकी गुडेका ती वसमा चढी लडाकुहरुले यात्रुलाई बाहिर निकालेर गोली हानी हत्या गरेको बताइएको छ । प्रान्तीय गृहमन्त्री सरफ्राज बुग्टीका अनुसार लडाकुहरुले केही यात्रुलाई अपरहण गरेका छन् । […]

२०७२ जेष्ठ १६ गते, शनिबार