अस्ट्रियाद्वारा शरणार्थी आवेदन खुल्ला

२०७२ जेष्ठ २१ गते, बिहीबार

काठमाडौं, २१ जेठ । अस्ट्रियाले शरणार्थी आवेदन खुल्ला गरेको छ । यस वर्ष अस्ट्रियामा शरणको लागि करिब ७० हजार शरणार्थीले आवेदन गर्ने अनुमान गरिएको अस्ट्रियाली गृहमन्त्रालयले जानकारी दिएको छ ।
यसअघि सन् २०१५ मा ५० हजार शरणार्थीले मात्र आवेदन गर्ने अनुमान गरिएको थियो । हाल गरिएको यो अनुमान नयाँ भएको बताइएको छ । यसमा नेपाली पनि शरणार्थी बनेर अस्ट्रिया जाने गरेका छन् । जसमा अधिकांश अध्ययन भिसामा जाने गरेका छन् ।
हाल गरिएको यो अनुमान सन् १९६८ यताकै सवैभन्दा उच्च भएको जनाइएको छ । सन् १९६८ मा एक लाख ६२ हजार शरणार्थीले अष्ट्रेलियामा शरण पाएका थिए । शरणार्थी आवेदन भर्न सम्बन्धित देशको राजदूतावासमा सम्पर्क राख्नुपर्नेछ ।

प्रतिक्रियाहरु