मलेसियामा शक्तिशाली भूकम्प

२०७२ जेष्ठ २२ गते, शुक्रबार

काठमाडौं, २२जेठ । मलेसियामा शुक्रबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।मलेसियाको सबाह राज्यको बोर्नियो समुद्री तट नजिकैको माउन्ट किनाबालुलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको द मलाया अनलाइनले जनाएको छ ।भूकम्पले मलेसियाका सडक र भौतिक संरचनामा क्षति पुगेको छ । भूकम्पले सडकहरु चिराचिरा परेका छन् । तर, भूकम्पबाट भएको मानवीय क्षतिबारे अहिलेसम्म खबर प्राप्त भएको छैन ।भूकम्पपछि माउन्ट किनाबालु क्षेत्रमा मानिसहरु फसेको तथा घाइते भएको आशंकामा उद्धार र खोजी कार्यलाई तीब्र पारिएको छ ।
अमेरिकन भूगर्भ विभागको सर्भे अनुसार पृथ्वीको १० किलोमिटर तल गएको भूकम्पले मलेसियाको अधिकांश भाग हल्लाएको हो । भूकम्पको केन्द्रबिन्दु मलेसियन राज्य सबाहको राजधानी कोटा किनाबालुबाट ५४ किलोमिटर पुर्वमा रहेको छ ।सबाह राज्यका पर्यटन तथा वातावरण मन्त्री मसिदी मनजुनले ४ हजार ९५ मिटर अग्लो कोटा किनाबालु पहाडमा रहेका केही पुरातात्विक महत्वका पूर्वाधारमा क्षति पुगेको बताएका छन् ।

प्रतिक्रियाहरु