‘ भारतलाई तह लाउन हतियार जुटाउँदै छौं’

२०७२ जेष्ठ २१ गते, बिहीबार

काठमाडौं, २१ जेठ । पाकिस्तानले भारतबाट हुन सक्ने कुनै पनि आणविक आक्रमणको सामना गर्न आफूले हतियार जुटाइरहेको जानकारी अमेरिकालाई दिएको छ । आफ्नो आणविक कार्यक्रम पनि भारतको आक्रमणबाट देशलाई बचाउनका लागि भएको पाकिस्तानले बताएको छ । पाकिस्तानी चर्चित पत्रिका डनका अनुसार अमेरिकाको वासिङटनमा भएको अमेरिका र पाकिस्तानबीचको सेक्युरिटी, स्ट्रेटेजिक एबिलिटी एण्ड नन प्रोलिफिरेशन वर्किङ ग्रुपको मंगलबार सकिएको बैठकमा पाकिस्तानले यस्तो जानकारी दिएको हो ।
पाकिस्तानले भारतबाट हुन सक्ने संभावित आणविक आक्रमण रोक्न आफ्नो आणविक कार्यक्रम जारी राख्न चाहेको पनि अमेरिकालाई भनेको छ । आणविक अप्रसार सन्धीमा हस्ताक्षर गर्नका लागि भारतबाट आक्रमण नहुने सुनिश्चित अवस्था आउनु पर्ने शर्त पनि पाकिस्तानले अघि सारेको छ ।गत मार्च महिनामा सार्वजनिक एक रिपोर्टका अनुसार पाकिस्तानसँग भारतसँग भन्दा बढी आणविक बम छन् । पाकिस्तानसँग ११० वटा परमाणु बम छन् जवकी १०० बम मात्र छन् । यद्यपी भारतसँग सैनिक क्षमता भने पाकिस्तानसँग भन्दा बढी छ ।- एजेन्सी

प्रतिक्रियाहरु