याङ्सी नदीमा पानीजहाज दुर्घटना

२०७२ जेष्ठ १९ गते, मंगलवार

काठमाडौं, १९ जेठ । चीनको याङ्सी नदीमा ४ सय ५० भन्दा बढी यात्रु बोकेको पानी जहाज दुर्घटना भएको छ । चीनको पूर्वी शहर नान्जिङबाट दक्षिण पश्चिम शहर चोंगशिंग गइरहेको पानीजहाज हबेइ प्रान्तस्थित याङ्सी नदीमा डुबेको चिनीया अधिकारीहरुले जनाएका छन् ।
हाल सम्म आठ जनालाई जिउँदै उद्धार गरिएको र बाँकीको उद्धार कार्य जारी रहेको जनाईएको छ । तेज गतीको समुद्री आँधी र भारी बर्षाका कारण दुर्घटना भएको अनुमान लगाइएको छ ।
पानी जहाजमा ४ सय १० जना यात्रु र ४७ जना चालक दलका सदस्य रहेको बताइन्छ । सोही नदीमा गत जनवरीमा भएको पानीजहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु