युरोपियन मुलुकका ८९ जना नेताहरुलाई रुसमा प्रवेश निषेध

२०७२ जेष्ठ १७ गते, आईतवार

काठमाडौं, १७ जेठ । रुसले ८९ जना युरोपियन कुटनीतिज्ञ, नेता एवं सैनिक अधिकृतहरुलाई आफ्नो देशमा प्रवेश निषेध गरेपछि युरोपेली युनियन ईयुले कडा आपत्ति जनाएको छ । क्रमेलीनको खुला आलोचना गर्दै आएका युरोपेली नेता एवं रुसबाट फिर्ता भएका केही कुटनीतिज्ञहरुलाई रुसले आफ्नो देशमा प्रवेश नगराउने निर्णय गरेको हो ।
रुसले ८९ जनाको सुचीबारे जानकारी गराएपछि ईयुले कडा आपत्ति जनाँउदै यसलाई स्वेच्छाचारी र अनुचीत निर्णय भनेको छ । आफुहरुले पटक पटक आग्रह गरेपछि रुसले ८९ जनाको सुची दिएको जानकारी गराँउदै ईयुले उनीहरुमाथि प्रवेश निषेध गरीनुको कारण समेत माग गरेको छ । रुसले प्रतिवन्ध लगाएका कुटनीतिज्ञहरुमा ईयु परिषदका महासचिव उवे कोर्सेपियस, बेलायतका पुर्व उपप्रधानमन्त्री निक क्लेज लगायतका छन् । – एजेन्सी

प्रतिक्रियाहरु