नेपालको वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत

२०८१ बैशाख २३ गते, आईतवार


काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालमा वार्षिक रुपमा ०.९२ को दरले जनसंख्या वृद्धि भइरहेको छ । राष्ट्रिय तथ्यांक कार्यालय, जनसंख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरु सार्वजनिक गर्दै सो तथ्यांक प्रस्तुत गरेका हुन् । उनका अनुसार नेपालमा २ करोड ९१÷९२ लाखको हाराहारीमा जनसंख्या छ । जनसंख्याको वार्षिक वृद्धिदर एक प्रतिशत भन्दा पनि तल रहेको छ । यो नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम हो । २०६८ साल र २०७८ सालको अवधिमा करिव २७ लाखको वृद्धि भएको थियो ।
उक्त तथ्यांक अनुसार नेपालमा ६० प्रतिशत एकल परिवार रहेको छ। दुई पुस्ता (आमाबुबा र छोराछोरी) मात्रै रहने एकल परिवार भनिन्छ । त्यो बाहेकको परिवार संयुक्त परिवार हो । परिवारको संरचनाले पनि हरेक कुराहरु आर्थिक तथा सामाजिक संरचनाहरुमा सकारात्मक वा नकारात्मक प्रभाव पार्दछ । नेपालमा अहिले ६० प्रतिशत एकल परिवार रहेका छन् । ४० प्रतिशत संयुक्त परिवारमा बसोवास गर्दछन् । मधेस प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ । वागमतीमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोवास गर्ने प्रदेशमा वागमती अन्तिममा पर्छ ।
यसैगरी, सो उक्त तथ्यांक अनुसार एक वर्षमा नेपालमा शिशुहरुको कोरा जन्मदर १४.२ प्रतिशत रहेको छ। एक वर्षमा शिशुहरुको कोरा जन्मदर हेर्दा नेपालमा १४.२ प्रतिशत (हजारमा १४ जना) जन्मशर्त जन्म भएको देखिन्छ । जन्मिने हिसावको क्रममा सबैभन्दा कम गण्डकी प्रदेशमा छ । गण्डकी प्रदेशमा वार्षिक जनसंख्या वृद्धिदर ०.२५ प्रतिशत मात्रै छ । यसको प्रभाव कोरा जन्मदरमा पनि परेको देखिन्छ । प्रतिहजारमा ११ जना मात्रै जन्म भएको देखिन्छ । यो सबैभन्दा बढी कर्णाली प्रदेशमा १८.६ अर्थात एक हजारमा १८ देखि १९ जना जन्म भएको देखिन्छ । कोरा जन्मदर घट्दो क्रममा छ । २०२८ सालदेखि २०७८ सालसम्मको अवधिमा द्रुतगतिमा कोरा जन्मदर घट्दो छ । ०६८ मा २२.४ थियो भने ८ जनाको दरले यो अवधिमा घटेको छ ।
यसैगरी, सो उक्त तथ्यांक अनुसार सबैभन्दा बढी छोरी जन्माउने कर्णाली प्रदेश रहेको छ। एउटा (१५—४९) वर्षका महिलाहरुले आफ्नो प्रजनन उमेरमा जन्माउने जम्माजम्मी छोरीहरुको संख्या १ जना महिलाले नेपालमा प्वाइन्ट ७३ छोरीहरु जन्माउँछन् । सबैभन्दा बढी छोरी जन्माउने ठाउँ कर्णाली प्रदेश हो । कर्णालीमा सय जनामा ७९ जना महिलाहरुले छोरीहरु जन्माएको देखिन्छ । सबैभन्दा कम छोरीहरुको जन्म वागमती प्रदेशमा भएको छ । छोरीहरुको संख्या जति घट्छ जन्मदर द्रुत गतिमा घट्दै जाने खतरा हुन्छ । सोही अनुसार नेपालमा पनि खतरा देखिएको निर्देशक लामिछानेले बताउनुभयो । प्रतिहजार महिलाहरुमा २२२ जना बच्चाहरु वागमती प्रदेशमा जन्मिने गरेका छन् भने मधेस प्रदेशमा सबैभन्दा बढी हजार जना महिलामा ४०१ जना जन्मिने गरेका छन् ।
यसैगरी, सो उक्त तथ्यांक अनुसार एउटी महिलाले आफ्नो जीवनकालमा १.९४ जना बच्चा जन्माउँछन्। १५ देखि ४९ वर्षका उमेरका महिलाहरुले औषतमा बच्चा जन्माउने औषत उमेर कर्णाली प्रदेशमा करिव करिव २७ वर्ष (२६.९) रहेको छ । त्यस्तै वागमती प्रदेशमा २८.४ छ । उमेर जति घट्दै गयो, त्यति नै बच्चा जन्माउने दर घट्दै जान्छ । अहिलेको प्रजनन दर एउटा महिलाले १५ देखि ४९ वर्षका महिलाले सरदर उसको जीवनकालमा कति जना बच्चा जन्माउँछन् भनेर हेर्दा १.९४ जना बच्चा जन्माएको देखिन्छ । सरदर एउटा महिलाले २.१ (१० जना महिलाले २१ वटा बच्चा) जन्मायो भने रिप्लेसमेण्ट लेभलमा जान्छ । नेपालमा रिप्लेसमेण्ट लेभल भन्दा दर तल गएको छ । प्रजनन दर अहिले २ भन्दा पनि तल गएको अवस्था छ । राज्यले यस विषयलाई समयमा नै सम्बोधन गर्नुपर्ने निर्देशक लामिछानेले बताए ।
यसैगरी, सो उक्त तथ्यांक अनुसार कोरा मृत्युदर सबैभन्दा बढी गण्डकी प्रदेशमा, सबैभन्दा कम कर्णालीमा रहेको छ। प्रतिएक हजारमा कति व्यक्तिहरुको एक वर्षमा मृत्यु हेर्दा सबैभन्दा बढी मृत्यु हुने गण्डकी प्रदेशमा ८.२५ (हजारमा ९ जना), कोशी र वागमती प्रदेशमा रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा छ । कर्णाली प्रदेशमा कोरा मृत्युदर एक हजार जनामा ४.९९ रहेको छ । मधेस प्रदेशमा मृत्युदर कम भएको देखिन्छ । २०६८ मा एक हजारमा ७.३ जनाको मृत्यु भएको थियो भने अहिले आउँदा ६.८ प्रतिशतको मृत्यु भएको छ । २०३८ मा १३.५ जनाको मृत्यु हुने गर्दथ्यो । लुम्बिनी प्रदेशमा हजारमा ७.७ जनाको मृत्यु भएको दखिन्छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा देखिन्छ ६.४२ रहेको छ । १ हजार लाइफ बर्थमा कति जना बच्चाहरुको मृत्यु भयो भनेर हेर्ने हो भने एक वर्ष नपुग्दै मृत्यु भएकाहरुको संख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिन्छ । त्यहाँ एक हजारमा २१ जना मृत्यु भएको देखिन्छ । सबैभन्दा कम गण्डकी प्रदेश र वागमती प्रदेशमा छ । जीवित जन्ममा एक वर्ष नबित्दै १ हजार जनामा १२ जनाको मृत्यु भएको देखिन्छ । पुरुष र महिलामा बालबालिकाको हिसावमा हेर्दा (छोरा र छोरी) मा हेर्दा छोरीको मृत्युदर कम देखिन्छ । छोराको बढी छ । मधेस प्रदेशमा एक हजार जनामा १८ जना छोरीहरु मर्दा २३ जना छोराहरुको मृत्यु भएको छ । गण्डकी प्रदेशमा १२ जना छोराहरुको मृत्यु हुँदा ११ जना छोरीको मृत्यु भएको देखिन्छ । छोराहरुको मृत्युदर सबै उमेर समूहमा बढी छ ।
यसैगरी, सो उक्त तथ्यांक अनुसार शिशु मृत्युदरमा सुधार भएको छ । २०३८ को जनगणनादेखि २०७८ सालसम्मको ट्रेन हेर्ने हो भने यो मृत्युदरमा सुधार भएको छ । २०६८ मा एक हजार जना शिशुहरुमध्येमा जन्मिएका शिशुहरुमा ४० जना मरेको देखिन्छ । अहिले १७ मा पुगेको अवस्था छ । शिशु मृत्युदरमा सुधार भएको छ । १ देखि ५ वर्ष मुनिका प्रतिहजार बालबालिकामा एक वर्षमा मृत्यु हुने बालबालिकाको संख्या गण्डकीमा कम
एकदेखि ५ वर्ष मुनिका प्रतिहजार बालबालिकामा कुनै एक वर्षमा मृत्यु हुने बालबालिकाको संख्या गण्डकी प्रदेशमा सबैभन्दा कम छ । सबैभन्दा बढी मृत्यु भएको लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी छ । मधेस प्रदेशमा पनि बढी रहेको देखिएको छ । नेपालको सन्दर्भमा प्रतिहजार ६.१ जनाको मृत्यु भएको छ । यो उमेरसमूहमा प्रदेशमा छोरी र छोरामा भने केही फरक रहेको छ । छोरीहरुको मृत्यु कोही प्रदेशमा बढी देखिएको छ । वागमती प्रदेशमा बढी छ भने सुदूरपीश्चम र मधेस प्रदेशमा छोराहरुको मृत्यु बढी देखिन्छ ।
यसैगरी, सो उक्त तथ्यांक अनुसार नेपालीको औसत आयु ७१.३ वर्ष रहेको छ। अहिले नेपालको कुल औसत आयु ७१.३ वर्ष पुगेको छ । पुरुषको ६८.२ रहेको छ भने महिलाको ७३.८ वर्ष रहेको छ । पुरुष र महिलाको मृत्युको ग्याप बढ्दै गएको छ । ग्याप करिव करिव ५ वर्षले फरक छ । सबैभन्दा बढी कर्णाली प्रदेशमा ७२.५ वर्ष मानिसहरु बाँच्दछन् । सबैभन्दा कम ६९.५ वर्ष लुम्बिनी प्रदेशमा रहेको छ । दोस्रोमा कोशी प्रदेशमा ७०.४, सुदूरपश्चिममा ७१.३, मधेस प्रदेशमा ७१.८, गण्डकी प्रदेशमा ७२.१, वागमती प्रदेशमा ७२.४ रहेको छ । कर्णाली प्रदेशमा पुरुषको भन्दा महिलाको औसत आयु सबैभन्दा बढी छ । जसमा ७५.५ रहेको छ । सबैभन्दा कम महिलाहरुको औसत आयु लुम्बिनी प्रदेशमा ७२.५ वर्ष रहेको छ । हरेक उमेर समूहमा पुरुषको मृत्यु महिलाको भन्दा छिटो हुने गरेको तथ्यांकले देखाएको छ । २०३८ सालमा भने पुरुषको औसत आयु नेपालमा बढी रहेको थियो ।
यसैगरी, सो उक्त तथ्यांक अनुसार गण्डकी प्रदेशमा आन्तरिक बसाईं सर्नेहरु सबैभन्दा बढी रहेको पाइएको छ। गण्डकी प्रदेशमा प्रतिलाखमा ४ हजार २७ जना बसाईं सरेका छन् । यो पाँच वर्षको तथ्यांक हो । वागमती प्रदेशमा करिव १ लाखमा ५४ जना बसाईं सरेको तथ्यांकले देखाएको छ । कर्णाली प्रदेशमा प्रतिलाख ३७ सय छन् भने तेस्रो स्थानमा कोशी प्रदेश रहेको छ ।
यसैगरी, सो उक्त तथ्यांक अनुसार गत ५ वर्षमा वाह्य बसाईं सर्ने नेपालीहरु प्रति एक लाखमा ३७ सय ५२ जना रहेका छन। ५ वर्षको अवधिमा एक लाखमा ३७ सय ५२ जना वाह्य बसाईं सराइ भएका छन् । प्रादेशिक रुपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिममा एक लाखमा ७ हजार ३५९ जना बसाईं सरेका छन् । दोस्रो स्थानमा गण्डकी प्रदेश रहेको छ । लुम्बिनी र कर्णाली क्रमशः तेस्रो र चौथो स्थानमा छन् । सबैभन्दा कम अन्तर्राष्ट्रिय बसाईंसराइ भएकाहरुको प्रदेश मधेस प्रदेश रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु