मेयरको रिहाइको माग गर्दै प्रदर्शन

२०७२ जेष्ठ १७ गते, आईतवार

काठमाडौं, १७ जेठ । गत बर्ष पक्राउ परेका मेयरको रिहाइको माग गर्दै भेनेजुएलामा ब्यापक प्रदर्शन भएको छ । राजधानी कराकसमा भेला भएका हजारौं नागरिकले दुई पूर्व मेयरहरु लिउपोल्डो र डानियल सेबेलोसको रिहाइको माग गरेका छन् । प्रदर्शनका कारण राजधानी कराकस लगायतका शहरहरुको जनजीवन अस्तब्यस्त बनेको छ । प्रदर्शनलाइ ध्यानमा राखी सुरक्षा ब्यवस्था कडा तुल्याइएको छ ।
यता दुबै पूर्व मेयरहरुले भने कारागारभित्रै भोक हडताल शुरु गरेका छन् । आफूहरु निर्दोष रहेको भन्दै बिनाशर्त रिहाइ गर्न माग गर्दै भोक हडताल सुरु गरेका हुन् । प्रदर्शन र भोक हडतालका बारेमा भने सरकार मौन बसेको छ ।
सरकार बिरोधी आन्दोलनमा मुख्य भूमिका निर्वाह गरेको भन्दै राष्ट्रपति निकोलस मादुरोको आदेशमा उनीहरुलाई सन् २०१४ मा पक्राउ गरिएको थियो । सो आन्दोलनका क्रममा ४३ जनाको मृत्यु भएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु