बिश्व

जापानमा ज्वालामुखी विस्फोट

काठमाडौँ, १५ जेठ । जापानको कुचिनोएराबुजिमा द्वीपमा ज्वालामुखी विस्फोट भएको छ । कुचिनोएराबुजिमा द्वीपको आकाशमा हजारौ मिटर माथी सम्म कालो धुवाको मुस्लो देखिएको थियो । ज्वालामुखी फुटेपछि स्थानीय प्रशासनले सबैलाई सतर्क रहन भनेको छ भने पानी जहाज तथा हवाइ जहाजहरुको रुट परिवर्तन गरिएको छ । कुचिनोएराबुजि प्रशासनले सबै स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिरहेकोे छ । ज्वालामुखीको […]

२०७२ जेष्ठ १५ गते, शुक्रबार

अमेरिकामा ६ . ८ रेक्टर स्केलको भूकम्प

काठमाडौँ, १५ जेठ । अमेरिकाको अलास्का तटीय क्षेत्रमा ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प भएको छ । अमेरिकी भौगर्भिक विभागले शुक्रबार अलास्काको उघासिक तटीय क्षेत्र भन्दा ११० किलोमिटर टाढा भूकम्प आएको जनाएको छ ।प्रासान्त क्षेत्र सुनामी केन्द्रले भूकम्पबाट सुनामी आउने खतरा नरहेको जनाएको छ । भुकम्पका कारण कुनै क्षति भए नभएको विवरण आउन बाँकी छ […]

२०७२ जेष्ठ १५ गते, शुक्रबार

सनामा आक्रमण, ३६ जना मारिए

काठमाडौं, १४ जेठ । साउदी अरेबियासमर्थित गठबन्धन सेनाको लडाकू विमानले यमनको राजधानी सनामा आक्रमण गरेको छ । यस आक्रमणमा ३६ जना मारिएका छन् भने एक सय व्यक्ति घाइते भएका छन् ।यो आक्रमण गोलाबारुद रहेको गोदाममा गरिएको बताइएको छ । साउदी सीमाको नजिक उत्तरी प्रान्त हज्जाकमा पनि हवाई कार्वाही गरिएको खबर छ । जहाँ कम्तिमा ४० […]

२०७२ जेष्ठ १४ गते, बिहीबार

लिबियाली प्रधानमन्त्री थानीमाथि आक्रमण

काठमाडौं, १३ जेठ । अन्तर्राष्ट्रियस्तरबाट मान्यता पाएका लिबियाली प्रधानमन्त्री अब्दुल्ला अल थानी ज्यानै जानेगरी गराइएको एक आक्रमणबाट मुस्किलले बचेका छन् । संसदको बैठकपछि फर्कने क्रममा राजधानी टोबुर्कमा बन्दुकधारीहरुले प्रधानमन्त्रीको कारमा आक्रमण गरेको एक सरकारी प्रवक्ताले जनाएका छन् ।आक्रमणमा प्रधानमन्त्रीका एक अंगरक्षक भने घाइते भएका छन् ।सन् २०११ मा कर्णेल गद्दाफी अपदस्त भएपछि अशान्त रहेको लिबियामा […]

२०७२ जेष्ठ १३ गते, बुधबार

विहारमा नक्सालवादी हमला

काठमाडौं,१२जेठ । भारतको बिहारमा नक्सलवादीलेहमला गरी ३२ वटा ट्रकमा आगजनी गरेका छन् ।बिहारको गया जिल्लास्थित राजमार्गमा रोकिराखेको ट्रकमा आगजनी गरेपनि कुनै मानविय क्षति भने नभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही दिनअघि प्रहरीसँगको मूठभेडमा एक महिला नक्सलवादी मारिएपछि ट्रकमा आगजनी गरिएको आशंका भारतीय अधिकारीहरुको छ ।उर्मिला नामका ती महिलाका लागि १५ लाख भारतीय रुपैयाँ पुरस्कार […]

२०७२ जेष्ठ १२ गते, मंगलवार

इजरायलका पूर्व प्रधानमन्त्रीलाई जेल सजाय

काठमाडौँ, ११ जेठ ।इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्टलाई भ्रष्टाचारमा दोषी ठहर गरिएको छ । उहाँलाई इजरायलको एक अदालतले भ्रष्टाचारमा दोषी ठहराएको हो ।सोमबार एक जिल्ला अदालतले उहाँलाई आठ महिनाको जेल सजाय तोकेको एक समाचारमा जानकारी दिइएको छ ।गएको मार्च महिना उहाँविरुद्ध सो अदालतमा भ्रष्टाचारमा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामाथि भएको सुुनुवाइपछि आज सो […]

२०७२ जेष्ठ ११ गते, सोमबार

भारतमा गर्मीले सयौको ज्यान लियो

काठमाडौं, ११ जेठ । भारतका केही क्षेत्रको तापक्रम ४८ डिग्रीसम्म पुगे पछि लुका कारण अहिलेसम्म ३ सय ५० जना भन्दा बढीको ज्यान गएको छ ।अत्याधिक गर्मी तथा लुका कारण सबैभन्दा धेरै तेलंगना र आन्ध्र प्रदेशमा बढी मानिसको ज्यान गएको छ ।तेलंगनाका १० जिल्लामा अहिलेसम्म गर्मी तथा लुका कारण अहिलेसम्म १ सय ८६ तथा आन्ध्र प्रदेशमा […]

२०७२ जेष्ठ ११ गते, सोमबार

बेलायती मन्त्रीहरुको तलब पाँच बर्षसम्म नबढाइने

काठमाडौं, १० जेठ । बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले बेलायती मन्त्रीहरुको तलव आगामी पाँच बर्षसम्ममा नबढाउने घोषणा गरेका छन् । बेलायत सरकार पछिल्लो समय भारी ऋणमा डुबेका कारण ऋण समस्या समाधानका लागि मन्त्रीहरुको तलव नबढाउने निर्णय गरिएको क्यामरुनको भनाई छ ।मन्त्रीहरुको तलव नबढाउने हो भने प्रत्येक बर्ष आठ लाख पाउण्डको हिसावले सन् २०१० सम्ममा ४० लाख […]

२०७२ जेष्ठ १० गते, आईतवार

रुसमा विदेशी संस्थाहरुमाथि प्रतिबन्ध लगाइदै

काठमाडौं, १० जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटीनले आफ्नो मुलुकमा संचालन भइरहेका विदेशी संस्थाहरुमाथि प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेका छन् ।नयाँ कानुनले रुसी इच्छा विपरित त्यहाँ संचालन भइरहेका अन्तराष्ट्रिय गैर सरकारी संस्था तथा फर्महरुमाथि कारवाही सुरु गर्न बाटो खोलेको छ ।कानुनमा रुसले नरुचाएका संस्थाहरुमाथि प्रतिवन्ध लगाउने लेखिएपनि यसको स्पष्ट ब्याख्या भने गरिएको छैन ।आलोचकहरुले यसलाई […]

२०७२ जेष्ठ १० गते, आईतवार

जयललिता पुन मुख्यमन्त्री

काठमाडौं । तमिलनाडुकी नेतृ जयललिता जयारामले पाँचांै पटक तमिलनाडु राज्यको मुख्यमन्त्रीको शपथ लिएकी छन् । भारतको एक अदालतले भ्रष्टाचारको मुद्दामा सफाइ दिएपछि शनिबार चर्चित नेतृ जयललिताले तमिलनाडु राज्यको मुख्यमन्त्रीको शपथ खाएकी हुन् ।पूर्वनायिका समेत रहेकी ६७ वर्षीया जयललितालाई तमिलनाडु राज्यमा मुख्यमन्त्री पदमा रहँदा अनियमितता गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै त्यहाँको एक अदालतले गत […]

२०७२ जेष्ठ १० गते, आईतवार