बिश्व

बच्चा जन्माएबापत निशुल्क फ्लाट

काठमाडौं । हाम्रो देशमा सरकारले सकेसम्म कम बच्चा जन्माउनका लागि दम्पतिहरुलाई प्रोत्साहन गर्दै आएको छ र विभिन्न कार्यक्रम पनि संचालन गर्ने गरेको छ । तर दुनियामा यस्तो देश पनि छ जहाँ धेरै भन्दा धेरै बच्चा जन्माउनका लागि सरकारले नै प्रोत्साहन गर्दछ । उक्त देशमा बच्चा जन्माएबापत दम्पतिहरुलाई सित्तैमा आवास उपलब्ध गराउँदछ, सरकारले । फिनल्याण्ड त्यस्तो […]

२०७२ असार ७ गते, सोमबार

बिशाक्त मदिरा सेवनबाट ८९ को मृत्यु

काठमाडौं, ६ असार । भारतमा बिशाक्त मदिरा सेवनबाट ८९ जनाको मृत्यु भएपछि प्रशासनले त्यहाँका अधिकांश मदिरा पसलमा छापा मारेको छ । सोही क्रममा अवैध रुपमा सन्चालन गरिएका सयौं मदिरा पसल सिल गरिएको छ । मुम्बईको मलाड मलावानी इलाकामा रहेको किराना पसलमा रहेको मदिरा सेवन गर्दा ८९ जनाको ज्यान गएपछि एक छानबिन समिति गठन गरिएको थियो […]

२०७२ असार ६ गते, आईतवार

९ जनाको हत्या गर्ने अभियुक्त पक्राउ

काठमाडौं, ४ असार । अमेरिकाको एक चर्चमा बुधकार राति गोली प्रहार गरी ९ जनाको हत्या गर्ने संदिग्ध अपराधी पक्राउ परेका छन् ।त्यहाँको प्रहरीले नर्थ क्यारोलाइनाको व्यस्त सडकमा ट्राफिकजामको समयमा सम्भावित अभियुक्त २१ वर्षीय डाइलान रुफलाई पक्राउ गरेको हो । उनीमाथि घृणा अपराधसम्बन्धी मुद्दामा छानबिन र कारबाही थालिएको छ । ती गोरा युवकले अमेरिकाको साउथ क्यारोलाइनाको […]

२०७२ असार ४ गते, शुक्रबार

यमनमा आइएसको विष्फोटमा परी ३१ को मृत्यु

काठमाडौं, ३ असार । यमनको राजधानी सनास्थित मस्जिदमा इस्लामिक अतिवादी संगठन आइएसले शृङ्खलाबद्ध विष्फोट गराउँदा ३१ जनाको मृत्यु भएको छ ।कार बममार्फत् गराइएका छुट्टाछुट्टै दुई विष्फोटमा उनीहरुको मृत्यु भएको हो । विस्फोटमा थुप्रै घाइते भएका छन् ।हूती विद्रोहीले मूख्यालय बनाएको भवनमा पनि आक्रमण गरिएको बताइएको छ । जेनेभामा सरकार र हूती विद्रोहीबीच संयुक्त राष्ट्रसंघको मध्यस्थतामा […]

२०७२ असार ३ गते, बिहीबार

भारत–पाकिस्तानका कारण अमेरिकालाई चिन्ता

काठमाडौं, २ असार । दक्षिण एशियाली दुई मुलुक भारत र पाकिस्तानबीच पछिल्ला दिनमा फेरि तनाव बढ्ने लक्षण देखिएपछि सम्बन्ध सुधारका लागि अमेरिकाले पहल थालेको छ । अमेरिकी विदेश मन्त्री जोन केरीले पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफसँग टेलिफोन वार्ता गरी भारत–पाकिस्तानबीचको बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका हुन् । भारतसँग पनि उच्चस्तरीय सम्पर्क भइरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको […]

२०७२ असार २ गते, बुधबार

इण्डोनेशियामा ज्वालामखी फुट्यो

काठमाडौं, १ असार । इण्डोनेशियाको सिनाबुङ पहाडमा ज्वालामुखी फुट्दा हजारौं मानिसको भागाभाग भएको छ । तीब्र गतिमा आगोको लप्का, चट्टानका टुक्रा र खरानी उड्न थालेपछि पहाड नजिकका वस्तीमा रहेका हजारौं मानिस ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका हुन् । सुमात्रा द्वीपमा रहेको उक्त पहाडमा पाँच वर्ष अगाडि सन् २०१० मा पनि ज्वालामुखी फुटेको थियो । तर […]

२०७२ असार १ गते, मंगलवार

‘मर्स’ वाट मर्नेको संख्या १६ पुग्यो

काठमाडौं, ३२ जेठ । दक्षिण कोरियामा ‘मर्स’ संक्रमणका कारण मर्नेको संख्या १६ पुगेको छ । अधिकारीहरुले मर्सका नयाँ पाँचजना बिरामी फेला परेको जनाएका छन् ।मध्यपूर्वबाट फैलिएको यो संक्रमणबाट दक्षिण कोरियामा १ सय ५० जना संक्रमित भएका छन् । मर्स संक्रमणका ७० भन्दा बढी बिरामी राजधानी सोलस्थित सामसङ मेडिकल सेन्टरबाट पहिचान भएपछि अस्पतालले आफ्ना अधिकांश सेवा […]

२०७२ जेष्ठ ३२ गते, सोमबार

आइएसका उच्च नेता मारिए

काठमाडौं, ३२ जेठ । अमेरिकी सेनाको आक्रमणमा इस्लामिक अतिवादी संगठन आईएसका एक उच्च नेता मारिएका छन् । पूर्वी लिवियाको अज्डावियामा भएको अमेरिकी सेनाको हवाई आक्रमणमा आइएसका एक शीर्ष नेता मोख्तर बेलमोख्तर मारिएका हुन् । उक्त आक्रमणको लिवियाका उच्च अधिकारीले पुष्टि गरेका छन् । हवाई आक्रमणमा मोख्तर सहित दर्जनौं लडाकु समेत मारिएका हुन् । लिवियाका अधिकारीले […]

२०७२ जेष्ठ ३२ गते, सोमबार

चिडियाखानामा बाढी पस्दा जनावर बाहिर निस्के

काठमाडौं, ३२ जेठ । जर्जियाको राजधानी टिब्लिसीमा बाढीका कारण कम्तिमा १२ जनाको ज्यान गएको छ । ३ जना त्यहाँको चिडियाखानामा मृत अवस्थामा फेला परेको विविसीले जनाएको छ । चिडियाखानामा बाढी पस्दा बाघ, भालु, सिंह लगायतका केही जनावर बाहिर निस्केका छन् । जर्जिया सरकारले जनावरको आक्रमणबाट बच्न घरभित्रै बस्न सुझाव दिएको छ । जर्जियाका प्रधानमन्त्री इराक्ली […]

२०७२ जेष्ठ ३२ गते, सोमबार

ओबामाको प्रस्ताब प्रतिनिधिसभाद्वारा अस्विकार

काठमाडौं, ३० जेठ । अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति बराक ओबामा प्रशासनले पेश गरेको एक विधेयकलाई अस्विकार गरिदिएको छ । निकै महत्वपूर्ण मानिएको ट्रेड बिललाई सभाले अस्विकार गरेको हो । विधेयकको आफ्नै पार्टी डेमोक्रेट्सका सांसदहरुले समेत विरोध गरेका थिए । विधेयक पारित गर्न राष्ट्रपति ओबामाले गरेको दौडधूप पनि निरर्थक बनेको छ । विधेयक पारित भएको भए ओबामाले […]

२०७२ जेष्ठ ३० गते, शनिबार