अमेरिकी प्रहरीद्वारा दैनिक दुईजनाको हत्या

२०७२ जेष्ठ १८ गते, सोमबार

काठमाडौं, १८ जेठ । अमेरिकामा प्रहरीको हातबाट दैनिक दुईभन्दा बढी ब्यक्ति मारिइरहेको तथ्यांक सार्वजनिक भएको छ । वाशिंगटन पोष्टले सार्वजनिक गरेको तथ्यांकअनुसार वर्षको शुरुवाती पाँच महिनामै ३८५ जना प्रहरीको हातबाट मारिएका हुन् । मारिनेमा काला र निहत्था नागरिकको संख्या गोरोको तुलनामा तीन गुना बढिरहेको पनि बताइएको छ ।केन्द्र सरकारलाई नै सूचना दिने कानून प्रवर्तन एजेन्सीले दिएको सूचनाका आधारमा आधिकारिक तथ्यांक तयार पारिएको उक्त पत्रिकाले जनाएको छ ।
सन् २००८ यता प्रत्येक वर्ष चार सय व्यक्ति मारिइरहेको तथ्यांकमा उल्लेख छ । पछिल्ला दिनमा प्रहरी अधिकारीको हातबाट विभिन्न बहानामा काला नागरिक मारिन थालेको भन्दै अमेरिकामा ठूलै विरोध पनि भइरहेको छ । – एजेन्सी

प्रतिक्रियाहरु