आगामी आर्थिक वर्षको नीति,बजेटको तयारी अन्तिम चरणमा

२०८१ बैशाख २३ गते, आईतवार

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा अवसरमा आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम निर्माणको अन्तिम तयारीमा जुटेको र बजेट वक्तव्यको तयारी पनि अन्तिम चरणमा पु-याएको बताएका हुन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका मागहरु सम्बोधन गर्ने आश्वासन दिए । उनले आम नागरिकलाई गुणस्तरीय सेवा पु¥याउने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि सो प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई स्वास्थ्य क्षेत्रको आवश्यकता सम्बोधन गर्न पनि उल्लेखनीय योगदान पु¥याउने सरकारको अपेक्षा रहेको बताए ।

प्रतिक्रियाहरु