खेल

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला सुरु

काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला आजबाट सुरु हुँदैछ ।काठमाडौंमा हुने सो श्रृंखलाको पहिलो खेलमा आज घरेलु टोली नेपालले पपुवा न्युगिनीको सामना गर्नेछ । यो खेल दिउसो साढे १२ बजे किर्तीपुर मैदानमा सुरु हुनेछ । पपुवा न्युगिनीविरुद्धको एक दिवसिय श्रृंखला २–० ले गुमाएको नेपाल आजको खेलपूर्व केही मनोवैज्ञानिक दबाबमा […]

२०७८ चैत्र १४ गते, सोमबार

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण सुरु

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनको भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा सुरू हुँदैछ ।आज हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ […]

२०७८ चैत्र १० गते, बिहीबार

नेपाली राष्ट्रिय पुरुष फुटबल टोली थाइल्याण्ड जादै

काठमाडौं । एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न थाइल्याण्ड जाने भएको छ । नेपाली फुटबल टोलीलाई एन्फाले आईतबार नै बिदाइ गरेको थियो । टोली मध्यान्ह १२ बजे नेपाल एयरलाइन्सको विमानबाट थाइल्याण्ड जान लागेको एन्फाले जनाएको छ । नेपाली टोलीले थाइल्याण्डमा रहँदा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको […]

२०७८ चैत्र ७ गते, सोमबार

झापामा झापा सुपर लिग : खेलाडी छनोट अक्सनमार्फत !

काठमाडौँ । कोरोना महामारीका कारण लामो समयदेखि थला परेको नेपाली क्रिकेटलाई पुरानै लयमा फर्काउने उद्देश्यका साथ झापामा पहिलोपटक झापा सुपर लिग (जेएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ । लर्डबुद्व क्रिकेट एकेडेमी मेचीनगरकाे आयोजनामा बैशाख १ गतेदेखि ७ गतेसम्म चल्ने उक्त प्रतियोगिताकाे बिषयमा आज आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । उक्त प्रतियोगिता सञ्चालनकाे तयारीमा […]

२०७८ चैत्र १ गते, मंगलवार

भक्तपुर जिल्लाव्यापी तेक्वाण्दो प्रतियोगिता हुदै

काठमाडौँ । भक्तपुर जिल्लाव्यापी तेक्वान्दो (गेरोगी तथा पुम्से) प्रतियोगिता हुने भएको छ । स्वर्गीय हरिलाल छुस्याबागको स्मृतिमा हुने सोप्रतियोगिता आगामी शनिबार नःखा छे रेष्टुरेन्ट तपा डम्फो भक्तपुरमा हुन लागेको हो । प्रतियोगिता एक दिनमै सकिने जनाइएको छ । न्यू भक्तपुर चाउचाउको आयोजना र नःखा छे रेष्टुरेन्ट तपा डम्फोको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । भक्तपुर […]

२०७८ फाल्गुन २५ गते, बुधबार

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । लिगको पहिलो खेलमा साविक विजेता एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र आर्मीबीचको खेल १०चैतमा हुनेछ ।लिगको पहिलो चरण चितवनको भरतपुरमा हुनेछ । दोस्रो चरण विराटनगरमा हुनेछ ।महिला लिगमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, […]

२०७८ फाल्गुन २३ गते, सोमबार

नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजको तयारीका लागि आज श्रीलंका प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली आज बिहान श्रीलंका प्रस्थान गरेको हो । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो ।श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको […]

२०७८ फाल्गुन २१ गते, शनिबार

झापा गोल्डकप : आज जावलाखेल र सातदोबाटो भिड्दै

काठमाडौँ । मोफसलकै सर्वाधिक लोकप्रिय प्रतियोगिता नेपाल आइस पाँचौ झापा गोल्डकप आजदेखि झापाको विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा शुरु हुँदैछ । आज पहिलो दिनकाे उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब बिच दिउँसो २:३० बजे प्रतिस्पर्धा हुँदैछ भने प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन्,।गोल्डकपको विजेताले नगद १२ […]

२०७८ फाल्गुन २१ गते, शनिबार

चेल्सी क्लब बिक्रीमा !

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोभिचले क्लब बेच्ने भएका छन् । रोमनले बुधबार एक विज्ञप्ति निकाल्दै क्लबको हितलाई ध्यानमा राखेर आफूले क्लब बेच्ने निर्णय गरेको बताएका छन् । उनले क्लब कतिमा बेच्न लागेको हुन् भन्ने कुरा भने खुलाएका छैनन् । रोमनले सन् २००४ मा क्लब किनेका थिए । […]

२०७८ फाल्गुन १९ गते, बिहीबार

फिफा र युइएफएद्वारा रुसमाथि प्रतिबन्ध

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए)ले रुसलाई फुटबलमा प्रतिबन्ध लगाएको छ ।रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यबद्धता जनाउदै फिफा र युइएफएले अर्को सुचना नआएसम्मको लागि रुसलाई प्रतिबन्ध लगाएको हो । फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको छ ।फिफाको यस निर्णयसँगै […]

२०७८ फाल्गुन १७ गते, मंगलवार