खेल

दशरथ रंगशालामा फुटबल हेर्न खोप कार्ड अनिवार्य

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दशरथ रंगशालामा फुटबल हेर्न खोप कार्ड अनिवार्य भएको बताएका छन हाल राजधानीको दशरथ रंगशालामा भइरहेको सहिद स्मारक ए डिभिजन लिग हेर्न जाने दर्शकले आफूले कोरोना विरूद्धको खोप लगाएको प्रमाणस्वरूप खोप कार्ड देखाउनु पर्ने भएको छ । यस्तै, कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी प्रधानमन्त्री कप टी–२० […]

२०७८ पुष २८ गते, बुधबार

राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरू

काठमाडौँ । राष्ट्रिय भारोत्तोलन प्रतियोगिता भक्तपुरको मध्यपुर थिमीमा आजबाट सुरू भएको छ । प्रतियाेगितामा २४औं पुरुष तथा ९औं महिला राष्टिय प्रतियाेगिता हुनेछन । नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस)ले आजबाट शुरु भएको भारोत्तोलन प्रतियोगितामा युथ, जुनियर र सिनियर गरी पूरै विधामा ६ वटा इभेन्टको एकैचोटि प्रतिस्पर्धा हुने बताए । प्रतियोगिता मध्यपुरको नयाँ थिमीस्थित थिमी […]

२०७८ पुष २७ गते, मंगलवार

प्रधानमन्त्री कप टी–२० क्रिकेट सुरु

काठमाडौं । प्रधानमन्त्री कप टी–२०क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत पहिलो दिन चार खेल हुनेछन् । त्रिभुवन बिश्वबिद्यालय  क्रिकेट मैदानमा हुने उदघाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेश विरुद्ध खेल्नेछ । त्यसैगरी टियु मैदानमै दोस्रो खेल नेपाल एपीएफ क्लब र प्रदेश नं. २ बीच हुनेछ । यता मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस […]

२०७८ पुष २६ गते, सोमबार

नेपाल क्रिकेट संघ र खेलाडीबीचको विवाद समाधान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच रहेको विवाद समाधान भएसँगै ग्लोबल टी–२० छनोटका लागि बन्द प्रशिक्षण सुरु भएको छ । बन्द प्रशिक्षणको पहिलो दिन सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १४ जना खेलाडी उपस्थित भएका छन् । बन्द प्रशिक्षणका लागि त्रिवि मैदानमा शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, […]

२०७८ पुष १९ गते, सोमबार

महिला भलिबल खेलाडीलाई जनही पाँच लाख

काठमाडौं । सरकारले बंगलादेशको ढाकामा मंगलबार सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ च्याम्पियन नेपाली टोलीका खेलाडीलाईजनही पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले टोलीका १२ जना खेलाडीलाई जनही पाँच लाख, दुई जना प्रशिक्षकलाई तीन तीन लाख र अफिसियललाई दुई लाख रुपैयाँ पुरस्कार दिने […]

२०७८ पुष १५ गते, बिहीबार

क्रिकेटका राष्ट्रिय खेलाडीमाथिको अपमानजनक कारबाही असैह्य

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट नेपाल गणतान्त्रिक खेलकुद महासङ्घले क्रिकेटका राष्ट्रिय खेलाडीमाथको अपमानजनक कारबाही असैह्य भएको जनाएको छ । महासङ्घका महासचिब बिनोद चन्दले बुधबार एक बिज्ञप्ती जारी गर्दै सो कुरा जनाएका हुन् । उनले नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलाडी कप्तान ज्ञानेन्द्र मल्ल उपकप्तान दिपेन्द्र सिंह ऐरी, तिब्र गतिका बलर सोमपाल कामी र कलम सिंह […]

२०७८ पुष ७ गते, बुधबार

साफ यू–१९ महिला फुटबलः नेपाल र भुटान भिड्दै

काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । नेपाल दोस्रो जितको खोजीमा हुनेछ भने भूटान पनि दोस्रो जितको खोजीमा रहनेछ । फाइनल प्रवेशको सम्भावना बलियो बनाउन पनि दुवै टोलीलाई […]

२०७८ पुष २ गते, शुक्रबार

यु- १९ साफ च्याम्पियनसिप : बंगलादेश र नेपाल भिड्दै

काठमाडौँ । यु- १९ महिला साफ च्याम्पियनसिप फुटबलको पहिलो खेल अनतर्गत आज आयोजक देश बंगलादेशसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको छ । बंगलादेशविरुद्ध जितको लक्ष्य लिएर नेपाली टोली मैदानमा उत्रने तयारी रहेको जनाइएको छ । बंगलादेशको ढाकामा रहेको वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा आज साँझ पौने सात बजे खेल सुरु हुनेछ ।सिंगल राउन्ड रोबिनको […]

२०७८ मंसिर २५ गते, शनिबार

फुटबलका हस्ती पेले पुन: अस्पताल भर्ना !

काठमाडौं । ब्राजिलीयन फुटबल हस्ती पेले पुन: अस्पताल भर्ना भएका छन् । गत सेप्टेम्बरमा कोलोन ट्युमरको उपचार गराएका पेले फेरी किमेथेरापीको लागि अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको र केही दिनमै डिस्चार्ज हुने शाओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालका प्रवक्ताले बताएका छन् । ८१ वर्षिय पेलेको स्वास्थ्यमा पछिल्ला वर्षहरुमा लगातार समस्या देखिदै […]

२०७८ मंसिर २३ गते, बिहीबार

साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली बंगलादेश प्रस्थान

काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज दिउँसो १ः४५ बजे बंगलादेश प्रस्थान गर्दै छन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार नै खेलाडी तथा पदाधिकारीहरुको विदाइ गरेको थियो । नेपालले साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा बंगलादेश, श्रीलंका, भूटान र भारतसँग प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगिता डिसेम्बर ११ देखि २२ […]

२०७८ मंसिर २१ गते, मंगलवार