त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला सुरु

२०७८ चैत्र १४ गते, सोमबार


काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखला आजबाट सुरु हुँदैछ ।काठमाडौंमा हुने सो श्रृंखलाको पहिलो खेलमा आज घरेलु टोली नेपालले पपुवा न्युगिनीको सामना गर्नेछ । यो खेल दिउसो साढे १२ बजे किर्तीपुर मैदानमा सुरु हुनेछ । पपुवा न्युगिनीविरुद्धको एक दिवसिय श्रृंखला २–० ले गुमाएको नेपाल आजको खेलपूर्व केही मनोवैज्ञानिक दबाबमा हुनेछ । पपुवा न्युगिनी गत संस्करणको टी–ट्वान्टी विश्वकपमा सहभागिता जनाएको देश हो । नेपालले भने सन् २०१४ को टी–ट्वान्टी विश्वकप खेलेको थियो ।
यसअघि नेपाल र पपुवा न्युगिनी एक पटक टी–ट्वान्टी अन्तर्राष्ट्रियमा आमनेसामने भएका छन् । सन् २०१५ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटको खेलमा नेपाललाई पपुवा न्युगिनीले ८ विकेटले हराएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु