फिफा र युइएफएद्वारा रुसमाथि प्रतिबन्ध

२०७८ फाल्गुन १७ गते, मंगलवार

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए)ले रुसलाई फुटबलमा प्रतिबन्ध लगाएको छ ।रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यबद्धता जनाउदै फिफा र युइएफएले अर्को सुचना नआएसम्मको लागि रुसलाई प्रतिबन्ध लगाएको हो । फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको छ ।
फिफाको यस निर्णयसँगै रुसले अर्को महिना हुने विश्वकप छनोटको प्लेअफमा पनि सहभागिता जनाउन पाउने छैन । रुसले विश्वकप छनोटको प्लेअफमा पोल्यान्डको सामना गर्ने तालिका रहेको थियो । यस्तै यूईएफएले यसअघि नै रुसमा हुने भनिएको च्याम्पियन्स लिगको फाइनल पेरिसमा सारिसकेको छ । यस्तै युरोपा लिगमा आरबी लाइप्जिग र रुसको स्पार्टाक मस्कोबीचको खेल पनि रद्ध हुने आँकलन गरिएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु