चेल्सी क्लब बिक्रीमा !

२०७८ फाल्गुन १९ गते, बिहीबार


काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोभिचले क्लब बेच्ने भएका छन् । रोमनले बुधबार एक विज्ञप्ति निकाल्दै क्लबको हितलाई ध्यानमा राखेर आफूले क्लब बेच्ने निर्णय गरेको बताएका छन् । उनले क्लब कतिमा बेच्न लागेको हुन् भन्ने कुरा भने खुलाएका छैनन् । रोमनले सन् २००४ मा क्लब किनेका थिए । उनले चेल्सीको मालिलकका रुपमा १७ महत्वपुर्ण ट्रफि क्लबमा भित्राएका छन् ।
हालै उनीमाथि बेलायतमा बस्न प्रतिबन्ध लागेको छ । उनी ईन्भेष्टर भिसामा बेलायत बस्दै आएका थिए । उनको भिसा अवधि सकिएको छ । युक्रेनमाथि रुसले आक्रमण थालेपछि बेलायतले रुसी नागरिकलाई भिसा दिन आनाकानी गरिरहेको छ । त्यहिँ कारण रोमनले बेलायतमा बस्ने अनुमति नपाएको बताईएको छ।

प्रतिक्रियाहरु