भूकम्पपीडितलाइ परिचयपत्र बनाउन आग्रह

२०७२ जेष्ठ २१ गते, बिहीबार

काठमाडौं, २१ जेठ । सरकारले भूकम्प प्रभावित परिचय पत्र नबनाएकालाई सम्बन्धित वडा, गाविस वा नगरपालिकामा सम्पर्क गर्न आग्रह गरेको छ । भूकम्प पीडितलाई राहत वितरणमा सहज होस् भनेर परिचय पत्र बाँडेकाले अहिलेसम्म नलिएकालाई लिन सरकारले आग्रह गरेको हो । त्यसको लागि सम्बन्धित वडा, गाविस वा नगरपालिकामा नागरिकता लिएर जान, नागरिकता नभए आफु त्यहि ठाउँको भएको र भूकम्पले आप्mनो बासस्थान भत्किएको प्रमाण पेस गर्न गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए । भूकम्प प्रभावितको पहिचानको लागि परिचय पत्र वितरण गरिएले प्रभावितले मात्र लिन पनि उनले आग्रह गरे । उनका अनुसार सरकारी र गैरसरकारी संस्थाले दिने राहत वास्तविक पीडितले पाउन् भनेर नै परिचय पत्र वितरण गरिएको हो ।
राहत वितरण गर्नेले पीडितको परिचय पत्रमा राहत दिएको उल्लेख गर्ने भएकाले राहत वितरण प्रभावकारी हुने र कसैले धेरै कसैले थोरै पाउने अवस्था नहुने उहाँको भनाई छ । सरकारले परिचय पत्रको आधारमा राहत वितरण गरिरहेको छ ।
भूकम्प बढी प्रभावित १४ जिल्लासँगै अरु आवश्यक ठाउँमा परिचय वितरण गरिरहेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालय अन्तर्गतको विपत् व्यवस्थापन महाशाखा प्रमुख रामेश्वर दंगालले अहिले झुटो विवरण देखाएर परिचय पत्र लिने प्रवृत्ति देखिएकाले त्यस्तालाई पछि कारवाही गरिने बताए । उनका अनुसार झुटो विवरण सिफारिस गर्नेलाई पनि सरकारले कारवाही गर्नेछ ।

प्रतिक्रियाहरु