समाज

महाभुकम्पमा परी ३२ सयको मृत्यु, लाखौ मानिस प्रभावित

काठमाडौं,१४ बैशाख । अस्ति शनिवार मध्यान्य देखि गएको विनाशकारी महाभुकम्पमा परी देशभरका करिब ३ हजार २ सय १८ नाघेको गृहमन्त्रालयले जनाएको छ । घाइतेहरुको संख्या पनि ६२ हजार नाघिसकेको छ ।घाइतेहरुको काठमाडौं लगायत प्रभावित जिल्लाका अस्पतालहरुमा उपचार भइरहेको छ । महाभुकम्पमा परी ६६ लाख मानिस प्रभावित भएको सरकारी तथ्याङ सार्वजनिक भएको छ । नेपाली सुरक्षाकर्मी, […]

२०७२ बैशाख १४ गते, सोमबार

बेलगाम दूरसञ्चार कम्पम्नी

काठमाडौँ । दूरसञ्चार प्राधिकरण र संसदीय समितिले दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूलाइ सेवा सुधार्न पटक–पटक दिएको निर्देशनको अपहेलना भएको छ । दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले तालुक निकायको निर्देशन नटेर्दा दिनप्रतिदिन गुणस्तर खस्कँदै आएको छ । टेलिफोन, मोबाइल, इन्टरनेटमा अधिकांश उपभोक्ताले एकपछि अर्काे समस्या भोग्दै आएका छन् । समस्या थपिँदै जाँदा निर्देशनको थुप्रो पनि चुलिँदै गएको छ । यसै […]

२०७२ बैशाख १२ गते, शनिबार

शाहीकालिन मेयर पक्राउ

काठमाडौं, ११ वैशाख ।महोत्तरीको जलेश्वर नगरपालिकाका शाहीकालिन मेयर शंकर साहलाई प्रहरीले पक्राउ गरेको छ । स्थानिय संसारीमाई पूजा समितिको दुई लाख ७५ हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा प्रहरीले साहलाई बिहीबार राती पक्राउ गरेको हो । जलेश्वर २ घर भएका साहले गएको असार २४ गते जलेश्वर नगरपालिकाबाट लिएको दुईलाख ७५ हजार रुपैयाँ आफैंले चलाएको अभियोगमा प्रहरीले […]

२०७२ बैशाख ११ गते, शुक्रबार

काठमाडौं–जुम्ला बस सेवा सुरु हुदै

काठमाडौं,१० वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आजदेखि काठमाडौंबाट जुम्लाको सदरमुकामसम्म चल्ने बस सेवा सुरु गर्दैछ । महासंघका महासचिव एवँ प्रवक्ता सरोज सिटौलाका अनुसार दिउँसो २ बजे गोगंबु बसपार्कबाट बस सेवाको उद्घाटन गरिनेछ । काठमाडौंबाट सिधै जुम्लाको लागि पहिलोपल्ट बस गुड्न लागेको हो । काठमाडौं–जुम्ला ८ सय ३० किलोमिटर बाटोको भाडा २८ सय ५० […]

२०७२ बैशाख १० गते, बिहीबार

चट्याङ लागेर मृत्यु

काठमाडौ, १० बैशाख । ताप्लेजुङमा बुधबार दिउँसो परेको चट्याङले लागेर एकको मृत्यु र एक घाइते भएका छन् । चट्याङले लागेर ताप्लेजुङको डुम्रिसेका ३३ वर्षका प्रतिमान विकका छोरा बमबहादुर विकको ज्यान गएको हो । चट्याङले लागेर प्रतिमानकी नातिनी रिता विक घाईते भएकी छन् । घाईते विकको जिल्ला अस्पताल पाँचथर अस्पतालमा उपचार भईरहेको छ । दिउँसो डोको […]

२०७२ बैशाख १० गते, बिहीबार

आज विश्व पृथ्वी दिवस

काठमाडौं, ९ वैशाख । आज विश्व पृथ्वी दिवस । नेपाल सहित संसारभर विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाइँदैछ । नेपालमा वातावरणको क्षेत्रमा काम गर्ने संघ सस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन ।सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिकाले पहिलो पटक पृथ्वी दिवस मनाएको थियो । तर पछि सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभाले […]

२०७२ बैशाख ९ गते, बुधबार

नौविसेमा बस दुर्घटना ,१२ जनाको मृत्यु

काठमाडौ, ९ बैशाख । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौविसे गाउं विकास समिति वडा नम्बर ५ झयाप्रे खोलामा जी जे १४ एक्स ९९०० नम्बरको भारतीय पर्यटक बोकेको बस दुर्घटना हुंदा १२ जनाको मृत्यु भएको छ । घटनास्थल पुगेको सशस्त्र प्रहरी बलको निलवाराही गणका एसपी काजीदास धौबुजीको टोलीले १२ को मृत्यु पुष्टि गरेको हो । सो टोलीका […]

२०७२ बैशाख ९ गते, बुधबार

आज दुई सय बर्षयताकै शुभ दिन

काठमाडौं, ८ बैशाख । आज बैशाख आठ गते करिब दुईसय बर्ष यताकै शुभ दिन रहेको ज्योतिषहरुले बताएका छन् । भारतीय ज्योतिषहरुले आउँदो अक्षय तृतीया एक सय ९१ बर्ष यताको सबैभन्दा शुभ दिन रहने दावी गरेका हुन् । बैशाख मासको शुक्ल पक्षको अक्षय तृतिया बैशाखको ८ गते मंगलबार दिन कृतिका नक्षत्र, सौभाग्य योग, बृष राशिमा चन्द्रमा […]

२०७२ बैशाख ८ गते, मंगलवार

साबधान , ठगिँदैछन् प्लास्टिकको झोला बोक्नेहरु

काठमाडौँ , ८ बैशाख । बागबजारका पिउस चौधरी आइतबार न्युरोडबाट प्लास्टिकको झोलामा सामान राखेर घरतर्फ जाँदा रत्नपार्कमा एक अपरिचित व्यक्तिले रोक्दै भने, ‘सरकारले प्लास्टिकको झोलामाथि प्रतिबन्ध लगाएको छ, तपाईंले नियम तोडेर प्लास्टिकको झोला प्रयोग गर्नुभयो, अब ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ ।’चौधरी अक्क न बक्क परेलगत्तै ती व्यक्तिले खुसुक्क भने, ‘बरु सुटुक्क २/३ हजार दिनुहोस, […]

२०७२ बैशाख ८ गते, मंगलवार

घुस लिदै गरेको भिडियो इन्टरनेटमा भाइरल

काठमाडौं,७ वैशाख । मालपोत कार्यालय सर्लाहीमा आउने सेवाग्राहीहरुसंग खुलेआम रुपमा घुस लिदै गरेको भिडियो सार्वजनिक भएको छ । मोठ फाँटमा घुस लिदै गरेको भिडियो एक सेवाग्राहीले हिजो खिचेर सार्वजनिक गरेका हुन् । हाल कार्यालयमा ड्राइभर पदमा कार्यरत चरिचन कापडले मोठ फाँटमा सेवाग्राहीसँग घुस लिदै गरेको भिडियो सार्वजनिक गरेका हुन् ।कापडले घुस लिदै गरेको भिडियो अहिले […]

२०७२ बैशाख ७ गते, सोमबार