टुँडिखेलमा जनचेतनामुलक साँस्कृतिक कार्यक्रम

२०७२ जेष्ठ १९ गते, मंगलवार

काठमाडौं,१९ जेठ । काठमाडौंको टुँडिखेलमा भूकम्प सम्बन्धी साँस्कृतिक जनचेतना अभियान अन्तर्गत मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमभएको छ ।
नेपाल संगीत तथा नाट्य प्रतिष्ठानले टुँडिखेलमा हास्यव्यंग्य, जनचेतनामुलक गीत, संगीतको साथै नृत्य प्रस्तुत गरेको हो । भूकम्पबाट प्रभावित भई टुँडिखेलमा अस्थायी रुपमा बसोबास गरेकाको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा आयोजकले बिस्थाापित बालबालिकालाई नै कलाकारको रुपमा प्रयोग गर्दै वातावरणलाई सक्दो रमाईलो बनाउने प्रयास गरिएको थियो ।
संकटको समयमा भूकम्प सम्बन्धी जनचेतना फैलाउँदै प्रभावित सबैमा आत्मविश्वास प्रदान गर्ने किसिमका सन्देशमुलक साँस्कृतिक कार्यक्रम गरिएको प्रतिष्ठानका उपकुलपति सरुभक्त प्रधानले जानकारी दिए ।
भूकम्पको विपत्तिपछि बालबालिका लगायत नागरिकमा अझै पनि त्रास रहिरहेको भन्दै उनीहरुलाई साँस्कृतिक कार्यक्रम मार्फत सामान्य जनजीवनमा फर्काउनका लागि प्रतिष्ठानले जनचेतना अभियान सञ्चालन गरेको हो । प्रतिष्ठानले काठमाडौं लगायत प्रभावित जिल्लामा साँस्कृतिक जनचेतना मुलक कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रियाहरु