पश्चिम तराईमा सामान्य बदली

२०७२ जेष्ठ १९ गते, मंगलवार

काठमाडौं,१९ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले पश्चिम तराईमा सामान्य बदली भैरहेको जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार पश्चिमी वायुको प्रभावका कारण त्यस क्षेत्रको मौसम बदली भएको हो । यद्यपी यो प्रणाली त्यत्ति बलियो नभएकाले भोलिदेखि त्यस क्षेत्रमा फेरि गर्मी बढ्ने अनुमान गरिएको छ ।
पश्चिमी वायु बलियो नभएका कारण त्यहाँ पानी पर्ने संभावना कम भएको मौमसविद् रिमालले बताउनुभयो । उहाँका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण पूर्वमा भने सामान्य बदली भैरहेको छ । त्यसैले त्यहाँ गर्मी नबढ्ने अनुमान छ ।
मौसमविद् रिमालका अनुसार पूर्वी क्षेत्रमा राती मेघगर्जनसहित पानी परेको थियो । यसले पनि तापक्रम घट्न सहयोग गरेको छ । सामान्तया दक्षिण पूर्वी वायु नेपालमा आएपछि १० जुनमा मनसुन सुरु हुन्छ । तर केहि वर्ष यता मनसुन ढिलो सुरु भएको छ ।
अहिले मनसुन भित्र्याउने वायु पुर्वमा सतही रुपमा आइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपी अझै ८ दिन बाँकी भएकाले यसपाली के हुन्छ भन्न नसकिने मौसमविद् रिमालको भनाई छ ।

प्रतिक्रियाहरु