चट्याङ लागेर दुईको मृत्यु

२०७२ जेष्ठ २३ गते, शनिबार

काठमाडौं, २३ जेठ । गएराति पानीसँगै परेको चट्याङ लागेर झापामा दुईजनाको मुत्यु भएको छ । मुत्यु हुने झापा गरामनी गाविस–९ का खोटनाथ रेग्मी र शान्तिनगर गाविस–६ का सीता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।प्रहरीका अनुसार रेग्मी घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको र उपचारका लागि बिर्तामोडस्थित विर्ता सिटी अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मुत्यु भएको हो ।त्यस्तै राईलाई पनि चट्याङ लागेपछि कनकाई अस्पताल लैजाँदै गर्दा बाटैमा मुत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु