दोलखामा अझै डेढ दर्जनभन्दा बढी बेपत्ता

२०७२ जेष्ठ २१ गते, बिहीबार

काठमाडौं, २१ जेठ । गत वैशाख २९ गते गएको विनासकारी भूकम्पमा दोलखामा हराएका १९ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन भने दुईओटा शवको सनाखत हुन सकेको छैन । सिंगटीबाट उत्खनन् गरिएका दुईओटा शवको सनाखत हुन नसकेको हो । भोर्ले, सोरुङखोला, झोरुङखोला आसपासका पहिरो र सिंगटी बसपार्कको पहिरोमा उनीहरु बेपत्ता भएको हुनसक्ने प्रहरीको अनुमान छ । सिंगटी आसपासको पहिरो पन्छाउन नसक्दा सो ठाउँमा कति पुरिएका छन् भन्ने थाहा हुन सकेको छैन । अहिले पनि पहिरो खस्नेक्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भइरहेको बर्दबहादुर गणका गणपति विश्वासबिक्रम शाहले जानकारी दिए ।
पहिरोे पन्छाउन सरकारलाई आधुनिक प्रविधि र केही डोजरहरु आवश्यक परेको भन्दै लिखित तथा मौखिक जानकारी गराएपनि सुनुवाइ नभएको जिल्ला दैवी प्रकोप उद्धार समितिले दोलखाले जनाएको छ ।

प्रतिक्रियाहरु