सेफ्टी ट्यांकीले पाच जनाको ज्यान लियो

२०७२ जेष्ठ २१ गते, बिहीबार

काठमाडौं, २१ जेठ । सेफ्टी ट्यांकी सफा गर्ने क्रममा निस्सासिएर पांच जना मजदुरको मृत्यु भएको छ । कपिलवस्तुको निग्लिहवा गाविस वडा नम्बर–७ पचेहरा गाउंमा स्थानीय प्रकाश केवटको निर्माणाधिन घरको सेफ्टी ट्यांकी भित्र छिरेर ढलान खोल्ने क्रममा उनीहरुको निस्सासिएर मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर ७ हथौसाका विनोद थारु, भदै थारु, रमेश पासी, तौलेश्वर थारु र बांणगंगा ४ का शिवनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सेफ्टी ट्यांकी भित्र छिरेका रमेश र तौलेश्वर वेहोस भई ढलेपछि उनीहरुको उद्धार गर्न विनोद, भदै र शिवनारायण पनि छिरेका थिए । कोही पनि ननिस्केपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जहदी प्रहरी पोष्टबाट गएका प्रहरीले सेफ्टी ट्यांकी भत्काएर बेहोस अवस्थामा रहेका उनीहरुलाई उद्धार गरी तौलिहवा अस्पताल पु¥याएलगत्तै उनीहरुलाई मृत घोषित गरिएको हो ।

प्रतिक्रियाहरु