देशभर गर्मी अझै बढ्ने

२०७२ जेष्ठ २० गते, बुधबार

काठमाडौं, २० जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यका सहित देशभर गर्मी अझै बढ्ने अनुमान गरेको छ । महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार अहिले तत्कालको लागि पानी पार्ने कुनै वायु नभित्रिएकाले गर्मी बढ्ने अनुमान गरिएको हो । उनका अनुसार काठमाडौं उपत्यकासहित मध्य र पश्चिम तराइमा गर्मी अझै बढ्नेछ । पूर्वमा मेघ गर्जनसहित क्षणिक वर्षाको संभावना भएकाले त्यहाँ गर्मी नबढ्ने अनुमान छ । सोमबार र मंगलबार पश्चिमी वायुको प्रभावका कारण तराईमा मौसम बदलिएको थियो । मौसम बदलीसँगै घटेको तापक्रम फेरि बढ्ने भएको हो ।
मौसमविद् कँडेलका अनुसार पश्चिमी वायुको प्रभाव घट्दै गएकाले काठमाडौं सहित तराईमा तापक्रम बढ्ने अनुमान गरिएको छ । बुधबार देशभर आशिंक बदलीको संभावना छ । तर पानी पर्ने कम संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु