वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा बिमल ढकाल

२०७२ असार १८ गते, शुक्रबार

काठमाडौं, १८असार । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २३औँ सधारणसभाबाट बिमल ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । लोकतान्त्रिक वैदेशिक रोजार व्यवसायी फोरमबाट अध्यक्षका प्रत्यासी बनेका ढकालले बिहीबार साँझ सम्पन्न निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । उनले प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट अध्यक्षका प्रतिस्पर्धी सरोजकुमार पोखरेललाई २४ मतले पछाडि पार्दै २३७ मतका साथ विजय प्राप्त गरेका हुन् । त्यस्तै विशुद्ध व्यवसायी समूहबाट अर्का प्रत्यासी बनेका किरणकिशोर घिमिरेले १९० मत मात्र प्राप्त गरेका छन् ।
नयाँ कार्यसमितिका प्रथम उपाध्यक्षममा कुमुद खनाल, द्वितीय उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षत्री, तृतीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, महासचिवमा रोहण गुरुङ्ग, सचिवमा राजेन्द्र भण्डारी र कोषाध्यक्षमा प्रतिमा महर्जन विजयी भएका छन् । उनीहरुले क्रमशः २२९, २१८, ३०१, २३५, २५० र २४४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सदस्यहरुमा रमिला ताम्राकार (२६२), शुक्र पाख्रिन (२५७), सचिन शेरचन (२२६), सरस्वती गुरुङ्ग (२२९), तेजमाया लिम्बु (२२६), पुष्पराज चौलागाईं (२२४), चेतुबाबा पोखरेल (२२८), दिपक सिंजाली (२६४), सोमबहादुर तामाङ्ग (२४०) र प्रकाश आचार्य (२२७) मतका साथ विजयी बनेका छन् ।

ढकाल समूहबाट अध्यक्षसहित ३ जना पदाधिकारी र ६ जना सदस्यहरु निर्वाचित भएका छन् भने पोखरेल समूहबाट द्वितीय उपाध्यक्षसहित ४ जना पदाधिकारी र ४ जना सदस्य निर्वाचित भएका छन् । अर्का प्रत्यासी घिमिरे समूहको प्यानलबाट एकजनाले पनि जित हात पार्न सकेनन् । जितसँगै ढकालको कार्यसमिति पूर्णबहुमतको बन्ने भएको छ ।
वि.स. २०४९ साल साउन १६ गते विधिवत रुपमा स्थापना भएको संघको संघको संस्थापक अध्यक्ष महेन्द्र शेरचन हुन् । उनी अहिले व्यवसायका साथै राजधानी दैनिक प्रकाशन गर्दै आएका छन् ।

प्रतिक्रियाहरु