चोभार गुफामा छिर्नेक्रममा लडेर युवकको मृत्यु

२०७२ असार २४ गते, बिहीबार

काठमाडौं, २४ असार । ललितपुरको चोभार गुफामा प्रवेश गर्नेक्रममा लडेर बुधबार काठमाडौं, कालीमाटीका प्रतीक विष्टको मृत्यु भएको छ । चोभार गल्छेंडोमा सुदिप शाही, साजन तामाङ, कृष्ण तामाङ र प्रतीक विष्ट घुम्न गएकोमा गुफा प्रवेश गर्नेक्रममा १८ वर्षीय विष्टको लडेर घटनास्थलमै मृत्यु भएको हो । अचानक लडेर विष्ट बागमती नदी किनारमा पुगेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।

प्रतिक्रियाहरु