नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठ पदभार सम्हाल्दै

२०७२ असार २३ गते, बुधबार

काठमाडौं, २३ असार । राष्ट्रपति डा. रामवरण यादवले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठलाई नियुक्त गरेका छन् ।संवैधानिक परिषदको सिफारिसलाई संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति डा. यादवले श्रेष्ठलाई बुधबार प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले बुधबारै शीतल निवासमा राष्ट्रपति डा. यादवसमक्ष पुगेर पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, संवैधानिक निकायका प्रमुख तथा सरकारी उच्च अधिकारीहरु सहभागी थिए ।सपथपछि श्रेष्ठ अहिले सर्वोच्च अदालतमा पुगेर आफ्नो कार्यभार सम्हाल्दै छन् ।

प्रतिक्रियाहरु