संविधानमा महिला अधिकार बारे छलफल र बहस सुरु

२०७२ असार १८ गते, शुक्रबार

काठमाडौं, १८असार । संविधानको प्रारम्भिक मस्यौदा संविधानसभामा पेश भएपछि यसका अन्तरवस्तुका विषयमा विभिन्न टिका–टिप्पणीहरु भइरहेका छन् । सरोकारवालाहरुले मस्यौदामा आफ्नो चासोका विषयहरु कति समेटिए, कति समेटिएनन् ? त्यसको लेखाजोखा गरिरहेका छन् । महिलाहरुले पनि आफ्ना अधिकार कति परे ? त्यसको छलफल र बहस सुरु गरेका छन् ।
यसै सन्दर्भमा नेपाल महिला संघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन र लोकतान्त्रिक मधेसी संघलगायतका ६ ओटा राजनीतिक दलका महिला संगठनहरुले पनि संयुक्तरुपमा आफ्ना मागहरु राखेका छन् । उनीहरुले संविधानका ८ ओटा विषयमा आफ्ना मागहरु राखेका छन् ।

प्रतिक्रियाहरु