रोजगारीका लागि रसिया पठाई ठगी गर्ने पक्राउ

२०७२ असार १७ गते, बिहीबार

काठमाडौँ, १७ असार । विना ईजाजत बैदेशिक रोजगारीका नाममा रसिया पठाउने धनकुटा राजारानी–३ घर भई काठमाडौं बस्दै आएका ४५ बर्षीय कृष्ण प्रसाद लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबमा काम लगाउने प्रलोभन देखाई आफुसंग ६ लाख ३० हजार रुपैयाँ लिएको भनी धनकुटा राजारानी –३ बस्ने धनबहादुर लिम्बुलले महानगरीय अपराध महाशाखामा निवेदन दिएपछि प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो ।
प्रारम्भीक अनुसन्धानमा लिम्बुले बैदेशिक रोजगारीमा पठाउने कुनै ईजाजत प्राप्त नगरेको र अन्य व्यक्तिहरुलाई समेत विदेश पठाउने प्रयोजनका लागि १४ थान राहदानी साथमा बोकी रहेको अवस्थामा बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान एवं कारवाहीको लागि बैदेशिक रोजगार विभागमा पठाइएको छ ।

प्रतिक्रियाहरु