मानव तस्करी रोक्न समिति

२०७२ असार २५ गते, शुक्रबार

काठमाडौं, २५ असार । कपिलवस्तुको कृष्णनगर सीमा नाका मानव तस्करीको मुख्य केन्द्रविन्दु बन्दै गएको जन–गुनासो अनुसार मानव तस्करी रोक्न सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको छ । मानव बेचविखनका घटनालाई सामुहिक रुपमा रोक्न सो समिति गठन गरिएको हो । । शान्ति पुनर्स्थापना गृह (पीआरसी) कृष्णनगरको पहलमा सीमाक्षेत्रका विभिन्न गाविसमा मानव बेचविखन विरुद्धको समिति गठन गरिएको छ ।
अहिले जिल्लाको कृष्णनगर नगरपालिका, खुरुहुरिया, गुगौली र गणेशपुर गाविसमा निगरानी समिति गठन भएको छ । मानव तस्करीलाई न्यूनीकरण गर्न अब समितिद्वारा समेत निगरानी बढाइने पीआरसी संयोजक भूमिराज भट्टराईले बताए ।
महिला तथा बालबालिका कार्यालय कपिलवस्तुको सहयोगमा पीआरसी कृष्णनगरले गाउँगाउँमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको अभियान संचालन गरेको हो । सीमाक्षेत्रका विभिन्न नगरपालिका तथा गाविसहरुमा संचालन गरिएको अभियानले विचौलियाहरु निरुसाहित हुने सरोकारवालाको विश्वास छ ।

प्रतिक्रियाहरु