विचार

हुलिया नभएकाे जुटान र फूटान – भरत दाहाल

भूर्इंचालाले भन्दा बढ्ता पृथ्वी फटार्इ दिउँलाझैं गरी १६ बुँदे सहमतिका विरूद्धमा तिघ्रा बजाउनेहरूले संविधानसभामा अाफ्नाे विमति राखेर प्रकृयामा सामेल हुने र १६ बुँदेका पितामध्येका काेहिले चाहिं अाएकाे मस्याैदामा अागाे सल्काउने रे भन्ने समाचारहरू सुनिन थालेका छन्। ०६२ सालकाे १२ बुँदेलार्इ संझिनेहरूले यसलार्इ अस्वाभाविक मान्दैनन्, जुनबेला १० बर्षे शत्रु याेद्धाहरू दुनियाँलार्इ चकित पार्दै एकाघरका बनेका थिए […]

२०७२ असार १५ गते, मंगलवार

लिपुलेक सम्झौता खारेज गर – राजेन्द्र चिमौरिया

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको क्रममा भारत र चीनबीच भएको लिपुलेक सम्झौताको अहिले नेपालमा सर्वत्र विरोध भइरहेको छ । भारतीय प्रधानमन्त्री मोदीले चीन भ्रमणको क्रममा गत जेठ १ मा गरेको लिपुलेक सम्झौताको विरुद्ध अहिले नेपाली जनता सडकमा उत्रिरहेका छन् । भारत र चीनबीच भएको उक्त लिपुलेक सम्झौताको खारेजीको माग गर्दै विभिन्न राजनीतिक पार्टी, सेवानिवृत्त […]

२०७२ असार १२ गते, शनिबार

अव राजनीतिक पराकम्पनको पालो – विष्णु पन्त

नेपालको इतिहासमा बैशाख १२ (२०७२) को भुकम्पले मानिसहरुको सोंच तथा चिन्तनमा जर्वजस्त रुपमा एउटा ठूलो उथलपुथल ल्याई दियो । उक्त भुकम्प पछि आएका थुप्रै पराकम्पनहरु पनि काफि भए मानिहरुलाई तर्साउनका लागि । केही दिन सम्म त पुरै राज्य, सत्ता सरकार, दलहरु, नागरिक समाज सबै किंकर्तव्य विमुढ जस्तै सावित भए । जव उद्धार तथा राहतका अभियानहरु […]

२०७२ असार १० गते, बिहीबार

लिम्पियाधुरा : संविधानका लागि दिल्लीकाे सर्त – भरत दाहाल

चीन–भारतका बीचमा भएको अनाधिकृत लिपुलेक संझौताको अध्ययन गर्ने बहानामा सरकारले दिल्लीको निकृष्ट दलालका रुपमा कुख्यात सूर्यनाथ उपाध्यायको संयोजकत्वमा अध्ययनका लागि आयोग गठन गर्ने तयारि गर्दैछ । सूर्यनाथ उपाध्याय ती व्यक्ति हुन्, जसले महाकाली–संधिबारे नेपालको कुनै प्रकारको संसदमा संकल्प प्रस्ताव पारित नभएको र लिपुलेक नै महाकाली नदिको उद्गम भएको भनेर लामो समयदेखि नेपालको लिम्पियाधुरा क्षेत्रलाई भारतको […]

२०७२ असार ९ गते, बुधबार

भूकम्प पिडितहरुसग सुख-दुख साट्दा – हस्तबहादुर केसी

नेपाल भूकम्पिय दृस्टिकोणले जोखिम राष्ट्रको रूपमा चिनिन्छ र नेपालमा विसं १९९० सालमा सबैभन्दा ठूलो भूकम्प आएको थियो र त्यस भूकम्पले काठमाडौँ उपत्यकालाई केन्द्रविन्दु बनाएर आएका कारण त्यो भूकम्पले काठमाडौँ उपत्यकामा ठूलो धनजनको क्षति भएको थियो र वीचवीचमा नेपालमा अन्य साना ठूला भूकम्पहरू नआएका भने होईनन् तर त्यति ठूलो विनासचाहिँ पु¥याएको थिएन र नेपाली जनताको जीवनकालमा […]

२०७२ असार ५ गते, शनिबार

सर्वाेच्चकाे तुक विनाकाे नेतागिरी – भरत दाहाल

सर्वाेच्चकाे नाममा १६ बुँदेका विरूद्धमा जारी भएकाे अादेशलार्इ नेपालकाे संक्रमणकाे याेजनासंग जाेडेर हेर्नु उचित हुन्छ । रूपमा हेर्दा दलहरूकाे स्वेच्छाचारीताकाे विरूद्धमा भएकाे निर्णय जस्ताे लाग्छ याे तर यथार्थता यस्ताे देखिंदैन। दलहरूकाे सहमति र सर्वाेच्चकाे निर्णयमध्ये कुनै एकलार्इ संवैधानिक ठान्नु गलत हुन्छ। दलका नाममा ४ वटा दलले दर्जनाैं पटक अन्तरिम संविधान संसाेधन गर्न गरेकाे सहमतिलार्इ सर्वाेच्चले […]

२०७२ असार ५ गते, शनिबार

‘राष्ट्रिय सरकार’ भित्रको अराष्ट्रिय चाल – भरत दाहाल

भूकम्पपछि आमनेपालीहरुको ध्यान कुत्सित राजनीतिबाट राहत र नयाँ निर्माणको दिशामा केन्द्रीत भएपछि अत्तालिएका देशी–विदेशी अबाञ्छित तत्वहरुले जनमानस आपूmतिर फर्काएर राहत र निर्माणको कामलाई ओझेल बनाउन नानाथरीका वितण्डा मचाईरहेका छन् । सुरुमा ‘पुनर्निर्माण’का लागि भनि उठाईएको कथित राष्ट्रिय सहमतिको सरकारको नारा विदेशीहरुको हरियो बत्तिको चमक अनुसार अँध्यारा कोठाहरुमा विभिन्न कुतर्क गर्दै ‘संविधान निर्माण’ गर्नका लागि ‘सरकारको […]

२०७२ जेष्ठ २३ गते, शनिबार

साबधान , राहतमा र्याल चुहाउनेहरु – राजेन्द्र चिमौरिया

गत वैशाख १२ गतेको विनासकारी भूकम्पले अहिलेसम्म करिब नौ हजारको ज्यान लिइसकेको पुष्टि भएको छ भने हजारौं नेपाली घाइते र घरबारविहिन हुन पुगेका छन् । भूकम्प पीडितलाई राज्यले समयमा उद्दार र राहत पु¥याउन नसकेको यथार्थता सबै सामु छर्लङ्गै छ । सरकारले भूकम्प पीडितलाई समयमै उचित राहत पु¥याउने भाषण जति ठोकेपनि व्यवहारमा लागू हुन सकेको देखिँदैन […]

२०७२ जेष्ठ २३ गते, शनिबार

सहमतिको बासी फुर्का जोडेर सत्ताको हानथाप ? भरत दाहाल

भूकम्पले जनतामा सिर्जना गरेको चित्कार सुस्त हुँदै जाने क्रमसँगै यसको बहानामा फेरि ‘राष्ट्रिय’ वा ‘सहमति’को बासी फुर्का जोडेर सत्ताको हानथाप सुरु भएको छ । विभिन्न बाह्य शक्तिकेन्द्रको रणनीतिसँग जोडिएर नेतागिरि गर्दै आएका सबैखाले तत्वको ‘सहमति’ शब्दको व्याख्या यस्तो छ– जसमा एउटाले अर्काको नेतृत्वमा बन्ने सरकारलाई स्विकार गर्दैन । सबैको तर्क छ– आफ्नो प्रस्ताव माने मात्र […]

२०७२ जेष्ठ १७ गते, आईतवार

गणतन्त्रप्रति घृणा नजगाउ – राजेन्द्र चिमौरिया

१० वर्षे जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनको सफलतापछि भएको संविधानसभाको निर्वाचनपछि २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले देशमा विद्यमान राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा भएको थियो । देशमा गणतन्त्र स्थापना भएको सात वर्ष बिते पनि हालसम्म शान्ति र संविधानले पूर्णता प्राप्त गर्न सकेको छैन । देशमा गणतन्त्र स्थापना गर्न एकजुट भएका दल […]

२०७२ जेष्ठ १६ गते, शनिबार