भूकम्प पिडितहरुसग सुख-दुख साट्दा – हस्तबहादुर केसी

२०७२ असार ५ गते, शनिबार

नेपाल भूकम्पिय दृस्टिकोणले जोखिम राष्ट्रको रूपमा चिनिन्छ र नेपालमा विसं १९९० सालमा सबैभन्दा ठूलो भूकम्प आएको थियो र त्यस भूकम्पले काठमाडौँ उपत्यकालाई केन्द्रविन्दु बनाएर आएका कारण त्यो भूकम्पले काठमाडौँ उपत्यकामा ठूलो धनजनको क्षति भएको थियो र वीचवीचमा नेपालमा अन्य साना ठूला भूकम्पहरू नआएका भने होईनन् तर त्यति ठूलो विनासचाहिँ पु¥याएको थिएन र नेपाली जनताको जीवनकालमा विसं २०७२ साल बैशाख १२ गते सबैभन्दा ठूलो भूकम्प गयो यसले गोरखा जिल्लालाई केन्द्रविन्दु बनाएर आएका कारण काठमाडौँमा कल्पना गरेभन्दा कम क्षति भयो भने गोरखा, सिन्धुपाल्चोक, धादिड, नुवाकोट, रसुवा जिल्लामा समेत ठूलो विनास हुन पुग्यो र सर्वविदितै कुरा हो यो शक्तिशाली भूकम्पले १० औँ हजार नागरिकहरूको ज्यान लियो भने हजारौँलाई घाइते तुल्यायो र अरवौको धन सम्पतिको विनास ग¥यो यसले र गोरखा, सिन्धुपालचोक, दोलखा, नुवाकोट, धादिड, रसुवालगायत भूकम्प प्रभावित १२ जिल्लाका करीव ९०५ घर र स्कुल, कलजका भवनहरू ध्वस्त हुन पुगे र नेपालका छिमेकी तथा मित्रराष्ट्रहरूले राहतका सामानहित ठूलो संख्यामा सेना तथा प्राविधिकसहितको उद्धार टोली नेपालमा पठाए र उनीहरूले प्रशंसनीय तरिकाले उद्धार गरेर स्वदेश फर्के र स्वदेश र विदेशबाट गरी त्रिपाल लत्ता, कपडा खाना पानी र अरवौंको नगद राहात सहयोग पठाए ती मित्रराष्ट्रहरूले अतुलनीय उद्धार सहयोग गरे उनीहरूले ।
सरकारी रवैया
नेपाल सरकार भने नालायक अक्षम, जनविरोधि चरम् भ्रष्टाचारी सावित हुन पुग्यो सबै ठाउँमा स्वदेश तथा विदेशबाट संकलन गरिएका राहात सामग्रीहरू समयमै र निस्पक्ष ढंगले वितरण गरिएन । त्यसमाथि पनि धाँधली र भ्रष्टाचार गरियो ।
सरकार किन नालायक, जनविरोधि र भ्रष्टाचारी देखियो त ?
भूकम्प प्राकृतिक प्रकोप हो, यो मानवको चाहना, इच्छा र क्षमताभन्दा बाहिर र स्वतन्त्र हुन्छ । यो प्रकृतिको स्वचालित नियम भित्र पर्दछ र यसलाई मानव क्षमताले टार्न सकिँदैन, सचेतनता अपनाउने बाहेक अर्को विकल्प मानिससित छैन । नेपालको सरकार यस प्रकारको विषम परिस्थितिमा जहाँकी भूकम्पले विनास गरेर आफन्तजनहरू गुमाइरहेको वेला, घरबारहरू भूकम्पले ध्वस्त पारेर खुला आकाशमुनि बस्न बाध्य भइरहेको बेला उनीहरुको आहतमा राहत र मलम पु¥याउनु पर्ने वेला उल्टै मित्रराष्ट्रहरूले समेत पठइदिएको राहत समेतमाथि किन धाँधली र भ्रष्टाचार गर्न पुग्यो त भन्ने प्रश्न उठ्न सक्छ । यसको पहिलो उत्तर हो, यो नेपाली जनताको सरकार होइन विदेशीहरूको कठ्पुचली सरकार हो, त्यसो भएर यसले नेपाली जनतालाइ माया गर्दैन । दोस्रो उत्तर, यो दलाल तथा नोकरशाही पुँजीपतिवर्गको संसदीय सरकार हो यस परकारको सरकार जनताप्रति उत्तरदायी हुँदैन यस परकारको सरकार भडुवा सरकार हुन्छ, त्यसैले यसले जनतालाई ढाँट्ने छल्ने सिल्ली सरकार हुने गर्दछ । अहीले यो सरकारले त्यही काम नै ग¥यो यो सरकारको कर्तव्य भनेकै जनतालाई ढाँट्ने, छल्ने र उल्लु बनाउने हो र त्यो काम यो कठपुतली सरकारले गरिरहेको छ, जस्तो कि यो शक्तिशाली भूकम्पले गर्दा मुलुक शोकमा डुबिरहेको अवस्था पारी नालायक, जनविरोधी तथा विदेशीका दलाल तथा एक नम्वरका नोकर तथा चाकरहरूले जनविरोधी तथा राष्ट्र विरोधी र कालो संविधान बनाउने कलाहीन नाटक मञ्चन गरिरहेका छन् ।
दलालहरू यतिवेलै किन संविधान बनाउने नाटक मञ्चन गर्दै छन् त ?
यो प्रश्न ज्यादै महत्वपूर्ण छ किनकि यो कठपुतली सरकार यसै वेला किन संविधान बनाउने काममा व्यस्त छ र यो योजना बनाएको हो भने यतिवेला नेपाली जनता भुकम्पका कारण निष्क्रिय भैरहेका छन् र यो वेला उनीहरू विरेधमा आउन सक्दैनन् भन्ने ठहरमा पुगेर मध्यरातमा पुगेर अध्यारो कोठामा बसेर यो कालो संविधान बनाउने प्रपञ्च रच्न पुगेका हुन् । यतिवेला जनताले विरोध गर्न सक्दैन भन्ने ठहरमा पुगेर नै दलालहरू कालो संविधान बनाउने तयारी गर्दै छन् ।
जनपक्षीय कम्युनिष्ट पार्टीहरू जनताको उद्धार जनसेवामा बढी भूकम्प प्रभावित जिल्लाहरूमा जाने निर्णय भएपछि म पनि नेकपा–माओवादी पश्चिम मगरात र दक्षिण मगरातको टोलीसहित रामेछाप जिल्लाको गौरी शंकर उमावि र सिद्धेश्वर माविको भूकम्पले विनास गरेको भवनको भग्नाविशेष हटाएर अस्थायी टहराहरू निर्माण गर्ने टोलीसित रामेछाप जिल्लाका दुवै विद्यालयमा उद्धार नवनिर्माण काममा इत्यन्तै मिहिन्तका साथ रामेछाप जिल्लाका गौरी शंकर उमावि र सिद्धेश्वर माविको भूकम्पले विनास गरेको भवनको भग्नाविशेष हटाएर अस्थायी टहराहरू निर्माण गर्ने काममा सहभागी बने र त्यही अवसरमा त्यहाँका जनताका समस्याहरु प्रत्यक्ष हेर्ने मौका पनि मिल्यो । त्यहा जनताका ९० प्रतिशत घरहरू सवै भूकम्पबाट ढलेर बस्नै नमिल्ने भएर सबै जनताहरू खुला आकाशमुनि बस्न बाध्य भइरहेको पाइयो । सरकारले असमान र विभेदपूर्ण तरिकाले राहत वितरणसमेत गरेको छैन । ८० प्रतिशत विद्यालय भवनहरू भूकम्पले विनास गरेको छ र रामेछाप जिल्लामा बाल बच्छाहरू खुलाचौरमा पढ्न बाध्य भइरहेका छन् । रामेछाप जिल्लामा पुगेर मैले भूकम्पले गौरी शंकर उमावि र सिद्धेश्वर माविको भूकम्पले विनास गरेको भवनको भग्नावशेष हटाएर अस्थायी टहराहरू निर्माण गर्ने काममा इमानदारीका साथ काम गर्नुका साथै त्यहाँका जनताका सुख दुःख साटासाट गर्ने अवसर पनि पाए र बढो दुःखमा बाँच्न बाध्य भइरहेका रामेछाप जिल्लाका जनतासंग करीव १५ दिन संगै बस्ने मौका पनि मिल्यो मलाई । त्यहाँ जनताको ठूलो सहभागिता भयो । हामीले करीव ७ किलोमिटर टाढाबाट समेत बाँसका भाटाहरू काटेर मिहनेतका साथ ल्याएर ती दुबै विद्यालयका अस्थायी टहराहरू निर्माण गरेर विद्यालयहरूलाई हस्तान्तरण गरेर फर्केका थियौँ ।
त्यहाँका स्थानीय जनताको पनि ठूलो उपस्थिति लगेको थियो भने हाम्रो पार्टी नेकपा–माओवादी र अन्य कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूसित पनि राम्रो भेटघाट गर्ने मौका पनि मिलेको थियो । त्यहाँ हामीलाई काम गर्ने ज्यादै उत्साह र जाँगर पैदा भएको थियो । यसो हुनुको पछाडि मलाई लाग्दछ कि हामीसित मालेमावाद जस्तो बैज्ञानिक विचार हुनुले नै हो हामी नेपाली जनताको क्रान्तिप्रति बफादार भएका नाताले पनि हामीमा त्यो साहस र जाँगर तथा जोस पैदा भएको हो भन्ने लाग्दछ ।
यस परिघटनाबाट हामीलाई के शिक्षा मिलेको छ भने हामी जनताको सुख दुःखसित सधैँ एकाकार हुन सिक्नु पर्दछ र जनताको असल साथी बन्न सिक्नु पर्दछ ।
अन्तिममा हामीलाई रामेछाप जिल्लाका गौरी शंकर उमावि र सिद्धेश्वर माविका पहुँच भित्रका जनता, विद्यालयमा कार्यरत शिक्षक कर्मचारी र अभिभावकहरूले हामीलाई बढो प्रेम र आदरभावपूर्ण तरिकाले बिदाई गरे पछि हामीहरु पनि तपाईहरूले गरिदिनु भएको सहयोगलाई कहिल्यै भुल्ने छैनौँ र सधैँ जनताको सुख दुःखमा सँगै रहने बाचा गर्दै दह्रोसित हात मिलाउँदै त्यहाँबाट फर्केका थियौँ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु