विचार

देउवा र महत होस् गर – रतन भण्डारी

२०५२ माघ २९ गते सन्धिका नाममा भारतलाई नेपालको अमूल्य सम्पदा महाकालीलाई दान गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा फेरि दिल्ली पुगेर फर्की पनि सकेका छन् । प्रचण्ड पछि दिल्लीधाम यात्राको साइत जुराएका देउवाले दिल्ली बसाइँका क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतसँग भेटघाट गरे । तर ती कुनै पनि भेटघाटमा दिल्लीस्थित नेपाली […]

२०७२ श्रावण २३ गते, शनिबार

को हुन् भीमदत्त ? किन काटियो टाउको ? – दिपेन्द्र रावल

‘किसानराज जिन्दावाद, शोषक–सामन्त मुर्दावाद, कि त जोत हलो कि त छोड् थलो, होइन भने हुने छैन भलो, रोजीरोटी कपडा दे, नत्र गद्दी छोडी दे’जस्ता नाराहरू अघि सार्दै ‘किसान राज’ (जनताको सत्ता)को लक्ष्य बनाएर सुदूरपश्चिमबाट आन्दोलन अगाडि बढाए भीमदत्त पन्तले । राणाशासनको अन्त्य भए पनि अन्याय, अत्याचार, शोषण र दमनको राज अन्त्य नभएको भन्दै जनतालाई विशेष […]

२०७२ श्रावण २३ गते, शनिबार

चीनमा पुगेर पार्टीको प्रतिष्ठालाई माथि उठायौं – हस्तबहादुर के.सी.

हामी अर्थात् नेपाल कम्युनिष्ट पार्टी– माओवादीका पाँच जना प्रतिनिधिहरू २०७२ साल असार २२ गते साँझचीनको सिचुयन प्रान्तको राजधानी छेन्दुमा पुगेका थियौं । चिनियाँ कम्युनिष्टको निमन्त्रणा र हाम्रो पार्टी नेकपा– माओवादीको निर्णय वमोजिम हामीहरूलाई चीनको विविध क्षेत्रको अध्ययन भ्रमण गर्न र १५ जुलाई २०१५ (३० असार २०७२) का दिन चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागले आयोजना गर्ने […]

२०७२ श्रावण २३ गते, शनिबार

प्रचण्डलाई किन प¥यो साह्रो गाह्रो ? – प्रज्वल श्रेष्ठ

युद्धकालीन समयमा प्रचण्ड आफैमा असाधारण परिचय थियो दुनियाँका लागि । को हुन त प्रचण्ड ? कस्ता छन् प्रचण्ड ? अझ कसै कसैले त भन्थे प्रचण्ड भनेकै राजा ज्ञानेन्द्र नै हो । यो जनसमुहमा भ्रामक रुपमा भए पनि बुझाई थियो । यतिसम्म कि पार्टी कार्यकर्ताहरु प्रचण्डलाई देख्न पाए कस्तो हुन्थ्यो भनेर गर्व गर्दथे । मेरो अनुमानमा […]

२०७२ श्रावण १७ गते, आईतवार

जनविरोधी संविधान जारी नगरौ

नेपाली काँग्रेस, एमाले, एमाओवादी र मधेशी मोर्चाको बल मिच्याइँको भरमा यही साउन मसान्तमा संविधान जारी गर्ने प्रपञ्च तय भएको छ ।, यी चार दल देश र जनताप्रति घात गर्दै १६ बुँदे सहमतिको हवाला दिँदै एक थान संविधान जारी गर्ने खेलमा लागेका छन् । दस वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र आमनेपाली जनताको मर्म र भावनाको […]

२०७२ श्रावण १७ गते, आईतवार

मधेश उत्पिडनको भ्रम र वास्तविकता – पुष्प न्यौपाने

बसोबासका हिसाबले नेपाल आर्य–मंगोल र द्रविड जातिको त्रिपक्षिय संगम हो । नेपालको दक्षिण पश्चिमबाट पश्चिम उत्तरहुँदै पूर्वि नेपाल र अझ सिक्किम, भुटान र बर्मासम्म फैलिएको खस समुदाय जो आर्य खस वा क्षत्रि, बाहुनका नामले परिचित छ । नेपालको पूर्वोत्तर नाकाबाट काठमाडौंहुँदै छिटफुट पश्चिम नेपालसम्म फैलिएको मंगोल समुदाय हो । त्यो जनजातिका नामले परिचित छ । […]

२०७२ श्रावण १६ गते, शनिबार

हलो क्रान्ति — खेम थपलिया

‘शेषकान्त लेप्टन हरिभक्त तिघ्रे तोयानाथ पडित हलो जोती बिग्रे ।’ नेपालको इतिहासमा पुरातन परम्पराका विरुद्ध नुतन परम्परा स्थापनार्थ विभिन्न स्वरूपहरूका विद्रोह, सङ्घर्ष, आन्दोलन, हुँदै आएका छन् । तिनीहरूमध्ये ‘हलो क्रान्ति’ पनि एक हो । २००६ साल साउन ११ गते लम्जुङ जिल्लाको दुराडाँडा गाविसस्थित अर्चलपानीमा पण्डित तोयनाथ अधिकारीका साथ शेषकान्त अधिकारी, हरिभक्त अधिकारी, श्रीकान्त अधिकारी, तोयानाथ […]

२०७२ श्रावण १० गते, आईतवार

राष्ट्र र राष्ट्रियताप्रति सजग होऔ

संविधानसभामा भएका प्रमुख दल मानिएका नेपाली काँग्रेस, एमाले, एमाओवादी र मधेशी मोर्चाको बलमिच्याइले देश र जनताको नाम भजाउँदै एक थान संविधान जारी गर्ने प्रपञ्च भइरहेको छ । चार दलको बलमिच्याइले जारी गर्न लागिएको संविधान आमस्वाभिमानी जनतालाई स्वीकार्य छैन भन्ने उनीहरुले जनतामाझ लगेको संविधानको प्रथम मस्यौदामा जनताले गरेको टिप्पणी नै काफी छ । यदि चार दलले […]

२०७२ श्रावण १० गते, आईतवार

चीन एकाधिकार पुँजीवादतिर – हस्तबहादुर के.सी.

चीन हाम्रो देश नेपालको एउटा असल छिमेकी मुलुक हो । विशाल भूभाग, विश्वको एक तिहाइ जनसंख्या समेत रहेको चीनले यतिबेला नयाँ–नयाँ विज्ञान र प्रविधिलाई बाहिरबाट भित्र्याएर र आफैले पनि विकास र प्रयोग गरेर विकास र नयाँ नयाँ प्रयोग र प्रविधिका क्षेत्रमा अकल्पनीय विकास गरेर विश्वलाई नै चकित तुल्याई दिएको छ । आर्थिक रूपमा विश्वकै दोस्रो […]

२०७२ श्रावण ९ गते, शनिबार

विप्लव माओवादीको विप्लवी अभियान – खेम थपलिया

एकीकृत जनक्रान्तिलाई पार्टीको आधिकारिक कार्यदिशा बनाएको र युवा नेता नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादी यतिखेर सबै राजनीतिक पार्टीहरूका निम्ति जिज्ञासा, कुतूहलता, आतङ्क र उत्साहजस्ता विषय बनेको छ । प्रचण्ड–बाबुरामको आत्मसमर्पण र कमरेड किरणको अकर्मण्यताबाट नेपालमा माओवादी सिद्धियो भन्नेहरूका लागि कमरेड विप्लवद्वारा नेतृत्व गरिएको माओवादीले सबैको ध्यान खिँचेको हो । अहिले नेपालमा […]

२०७२ श्रावण ४ गते, सोमबार